गोपीकृष्ण मूभिजले गर्दै आएको एनएफडिसी अवार्ड आगामी भदौ २६ गते हुने भएको छ। शुक्रबार अवार्डका लागि विधागत मनोनयनमा परेका टप फाइभ प्रतिष्पर्दी फिल्मकर्मीलाई एक कार्यक्रम गर्दै मनोनयन प्रमाणपत्र प्रदान गरियो। सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको प्रमूख आतिथ्यमा सम्पन्न भएको थियो।
सही अवसरमा मन्त्री रिजालले गोपीकृष्ण मुभिजको निर्माण रहेको ठमेल डटकमको गीत सार्वजनकिन गरेका थिए। कार्यक्रममा बोल्दै रिजालले आफ्नो कार्यकालमा नेपाली फिल्म क्षेत्रका लागि आफूले सक्दो सहयोग गरेको बताएका थिए।
अवार्डमा विधागत सम्मानका अलावा एक श्रष्टालाई 'मह' जुरी राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिनेछ । त्यस्तै तथ्यांकका आधारमा वर्षभरिमा सबैभन्दा बढी टिकट बिक्री भई व्यवसायिक सफलता प्राप्त गरेको फिल्मका निर्मातालाई “कुसुमेरुमाल” सर्वोत्कृष्ट व्यवसायिक चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिनेछ भने नेपाली चलचित्र उद्योगको श्रीबृद्धिका लागि उत्कृष्ट समाचार सम्प्रेषण गर्ने एक चलचित्र पत्रकारलाई “पुष्कर” चलचित्र पत्रकारिता, राष्ट्रिय चलचित्र पुरस्कारले सम्मानित गरिनेछ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment