काठमाडौँ, साउन ८– आज नेपाल बन्दको आह्वान गरेको विप्लव माओवादी जबरजस्ती बन्द गराउँदै हिँड्ने क्रममा तोडफोडमा समेत उत्रिएको छ । बन्दकर्ताले बन्दकर्ताले काठमाडौंको जडिबुटीमा बसमा तथा भक्तपुरको राधेराधेमा एउटा स्कार्पियोमा आगजनी गरेका छन् । बा ७ प ३८५७ नम्बरको स्कार्पियोलाई रोकेर बन्दकर्ताले आगजनी गरेका हुन् । यस्तै भक्तपुरकै लोकन्थली तथा सानोठिमीमा बन्दकर्ताले बा ७ प ७८३९ नम्बरको मारुती भ्यान तथा बा १३ प २०३ नम्बरको कार तोडफोड गरेका छन् । यता बर्जस्ती बन्द गराउनेलाई प्रहरीले पक्राउ गर्न थालेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ । बन्द गराउँदै हिँड्ने नेकपा माओवादीका पोलिट्व्यूरो सदस्य तथा संघीय जनवादी मोर्चा नेपालका अध्यक्ष तिलक परियारलाई प्रहरीले नयाँ वानेश्वाट गिरफ्तार गरेको छ । माओवादी केन्द्रीय सदस्त तथा प्रचारप्रसार इन्चार्ज शरद सिंह भण्डारीले दिएको जानकारी अनुसार नेपाल बन्दको क्रममा वानेश्वरको जिम्मा लिइरहेका अध्यक्ष परियारसँगै अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्दु चन्द, पत्रकार पुष्प न्यौपानेसहित ८ जना माओवादी नेता कार्यकर्ता प्रहरीले गिरफ्तार गरेको हो । यस्तै काठमाडौँको नारायण गोपाल चोकबाट दश तथा काठमाडौँका विभिन्न स्थानबाट दर्जनौँ बन्दकर्तालाई गिरफ्तार गरिएको जनाइएको छ । संविधानको मस्यौदा तथा भारत र चीनबीच भएको लिपुलेक सम्झौताको विरोधमा विप्लव माओवादीले नेपाल बन्दको आह्वान गरेको हो । बन्दले यातायात, उद्योग कलकारखाना , बजार ठप्प भएकाले जनजीवन प्रभावित बनेको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment