Saturday, July 25, 2015

दाङमा हत्या गरिएकी महिलाको टाउको अझै फेला परेन


नारायण खड्का, दाङ, साउन ९ विभित्स हत्या भएको अवस्थामा फेला परेको महिलाको टाउँको अझै फेला पर्न नसकेको छैन। दाङमा शुक्रवार बिहान घोराही नगर पालिका वडा नं.–४ चौघेराको कृष्ण टोलमा ५६ वर्षे देवकी विकको विभत्स ढंगले हत्या गरेको अवस्थामा शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठोरले शनिबार दिउँसो चार बजेसम्म हत्या गरिएकी महिलाको टाउको फेलापर्न नसकेको जानकारी दिए। मृतक विक विहिवार मात्रै आफ्नी बहिनी विमला विकको घरमा बास बस्न गएकी थिइन्। देवकीको भान्सा घरमा सुतेकै स्थानमा हत्या भएको प्रवक्ता राठोरले बताए। तर प्रहरी प्रवक्ता राठोरले विमलाको देवर अन्दाजी ४० वर्षे रमेश विक घटना भए लगतै देखि फरार रहेको बताएको छ। विमलाको घर नजिकै बस्ने रमेश पनि मानसिक स्थिति ठीक नभएको व्यक्ति रहेको खुल्न आएको प्रहरीले बताएको छ। प्रहरीले रमेशले नै हत्या गरेको हुन सक्ने आशंका गर्दै खोजि कार्य तिर्व वनाएको छ। जिल्ला प्रहरी प्रवक्ता राठोरले भने, ‘जिल्लाको सम्पूर्ण नाकामा प्रहरी परिचालन गरिएको छ,घटनाबारे अनुसन्धान र फरारको खोजि भइरहेको छ , तर अहिले सम्म फेलापार्न सकिएको छैन।’ यसैबीच हत्या गरिएकी विकको शव पोष्ट मार्टममा सम्लग्न चिकित्सकहरुका अनुसार विकको भित्रि अंगहरुपनि फेला नपरेको बताएका छन्। उपचारमा सम्लग्न एक जना चिकित्सकले विकको शवबाट मुटु, कलेजो र फोक्सो फेला नपरेको जानकारी दिए। विकको शवको बाँया कोखामा प्वाँल पारेको शुक्रवार नै स्पष्ट देखिएको थियो। आन्द्रा भूँडि सबै बाहिर निस्कको अवस्थामा शब फेला परेको थियो। हत्या गरिएकी विक दाङ त्रिपुर नगरपालिका वडा नं.–४ स्थित आफनो दाजुकोमा बस्दै आएकी थिइन। प्रहरीले मृतक विकको मानसिक सन्तुलन ठीक नभएको आफन्तले बताएको जनाएको छ। प्रहरी प्रबक्ता राठोरले हत्याराले टाउको नै लगेर गएको हुन सक्ने अनुमान भइरहेकोले खोजि भइरहेको जानकारी दिए।

0 comments:

Post a Comment