चितवन, साउन १०– चितवनको रत्ननगर १९ जनकौलीका एक युवाको गोहीको आक्रमणबाट ज्यान गएको छ । माछा मार्न रत्ननगरको सौराहास्थित हात्तीसार नजिकै राप्ती नदी गएका स्थानीय २४ वर्षीय मिथुन चौधरीको गोहीको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । तीन जनासँगै राप्ती नदीमा शुक्रबार साँझ माछा मार्न थालेका बेला एक जनालाई गोहीले आक्रमण गरेपछि दुई जनाले भागेर ज्यान जोगाएको प्रहरी चौकी बछौलीका प्रहरी नायव निरिक्षक श्यामवावु यादवले जानकारी दिए । भागेर आएका युवाले जानकारी गराएपछि खोजी गर्दैजाँदा निकुञ्जको जङ्गल नजिकै गोहीले खाईरहेको अवस्थामा चौधरीको शव फेला पारिएको थियो । रासस
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment