Saturday, July 25, 2015

पीकेलाई उछिन्यो सलमानको ‘बजरंगी भाइजान’ले


गत हप्ता ईदको अवसर पारेर प्रदर्शनमा आएको सलमान खान अभिनित चलचित्र ‘बजरंगी भाइजान’ले बक्सअफिसमा राम्रो कलेक्शन गर्न सफल भएको छ । चलचित्रले प्रदर्शनको पहिलो साता सात दिनमा १ सय ८४ करोड कमाएर आमिर खानको पिकेको पहिलो साताको कीर्तिमानलाई उछिनेको छ । पिकेले पहिलो साता १ सय ८३ करोड कमाएको थियो । ‘बाहुबली’को चर्चा र व्यापारले चलचित्रलाई प्रत्यक्ष असर पारे पनि सलमानको अहिलेसम्मका १० उत्कृष्ट चलचित्र मध्ये मानिएको बजरंगीको व्यापार पनि कम भने छैन । दोस्रो–तेस्रो सातामा पनि यी दुई चलचित्रको प्रतिस्पर्धा हुने मानिएको छ । दक्षिण भारतीय तेलुगु भाषाका एक स्टार प्रभास एकाएक बलिउड हिरोहरुमाथि हावी हुन आइपुगेका बेला सलमान खानको चलचित्र रिलिज भएको थियो । एसएस राजामौलीले निर्देशन गरेको प्रभास र राणा दग्गुबत्तीले मुख्य भूमिकामा अभिनय गरेको २ सय ५० करोड भारु लागतको चलचित्र ‘बाहुबली’ले पहिलो साता नै बक्स अफिसमा तहल्का मच्चाएको थियो । पहिलो दिन नै ५० करोड कमाएको ‘बाहुबली’ले दस दिनमा ३ सय ५५ करोड कमायो । अहिले यसको कमाई ४ सय करोड नजिक पुगेको छ । तेश्रो सातामा प्रदर्शनरत बाहुवली र दोश्रो साता प्रदर्शनरत ‘बजरंगी भाइजान’बीच यो साता पनि कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

0 comments:

Post a Comment