Friday, July 24, 2015

ठमेलमा पेस्तोल देखाउने दुई पक्राउ


काठमाडौँ- ठमेलमा पेस्तोल देखाई तर्साउन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। ठमेलको ल्हासा बार अगाडि मादक पदार्थ सेवन गरी पेस्तोल देखाउँदै आतंकित गरिरहेका २ जनालाई प्रहरीले मेडइन युएसए लेखेको सेमी अटोमेटिक पेस्तोल सहित पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा काठमाडौँ महानगरपालिका–२९ सरकारीधारा बस्ने साङलाखोला–९ का ३० बर्षीय सफल कुँवर र काठमाडौं सामाखुसी टाउनप्लानिङ्ग बस्ने कास्की पोखरा उपमहानगरपालिका–५ दाङ्गसिङका १८ बर्षीय रिदम भट्टचन रहेका छन्।

0 comments:

Post a Comment