
काठमाडौँ । काठमाडौँको बसपार्कमा छ तलले घरले थिचिएकिा ऋषि खनालले आफ्नै पिसाब पिएर ६ दिनसम्म ज्यान बचाए । सशस्त्र प्रहरीले उनलाई उद्धार त गर्यो तर, एउटा खुट्टा गुमाए । नुवाकोटका उत्सना शर्माले आफ्नो सास थाम्न सकिनन् । पेम्बा तामाङलाई ६ दिनपछि सुरुङबाट जस्तै गरी निकालियो । हेटौँडाबाट यसैबर्ष ९ कक्षामा पढ्न आएकी पि्रया बिकले पनि एउटा खुट्टा गुमाइन् । खुट्टा गुमाएको दर्दले उनी आफ्नो आँशु रोक्न सकिनन् । पि्रयाको आँसुले आमाको आँशु थाम्न सकेन । काठमाडौँ नयाँबसपार्कमै परेका दैलेखका रमेश खत्रीको दुइवटै खुट्टा छैनन् । उनका खुट्टा भूकम्पले नै खायो । उनी पनि त्यसरी नै रोए, आफ्नो भविश्व सोच्दै ।
बैशाख १२ गतेको त्यो त्रासदीपूर्ण दिन । चाहेर कस्ले बिर्सन सक्ला ? त्यही कहालीलाग्दो दिनमा बाँच्ने र बचाउनेहरुको कथामा समर्पित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरुः मिराकल सर्भाभल इन नेपाल अर्थक्वेक’ ले शनिबार धेरैलाई गहभरि आँशु लिन बाध्य बनायो ।
गणेश पाण्डे निर्देशित यो डकुमेन्ट्र्री शनिबार १ बजे नेपाल पर्यटन बोर्डको हलमा सुरु भइरहँदा धेरैको आँखा ओभानो रहन दिएन । यतिसम्मकी राष्ट्र्रकवि माधवप्रसाद घिमिरेसमेत पटक-पटक भक्कानिए । डकुमेन्ट्री हेरेपछि काँपेको स्वरमा राष्ट्रकवि घिमिरेले भनेे, ‘मेरो त मनदेखिनै भक्कानो फुटेर आयो, यो पीडाले जो कोहीको पनि आँशु खस्छ ।’ राष्ट्रकवि घिमिरेले यस डकुमेन्ट्रीलाई दुर्लभ सम्पत्तिको संज्ञा दिँदै थपे, ‘ती दृष्यले मन निकै बराल्लियो । अहिलेसम्म हामीले छायाँमात्र देखेका थिर्याँ, तर अहिले जीवन्त छायाँ हेर्यौँ, छोयौँ ।’
राष्ट्रकविको जस्तै हलमा उपस्थित कसैको पनि आँखा ओभानो थिएन । कोही डकुमेन्ट्रीका पात्रसँगै सुक्कसुक्क गर्दै थिए । कोहीको मुखबाट आश्चर्यको भावात्मक शव्द सुनिन्थ्यो । नसुनियोस पनि कसरी, त्यो पीडा थियो नै त्यस्तै ।
कांग्रेस नेता प्रकाशसरण महतले डकुमेन्ट्रीले अफुलाई भावुक बनाएको र, ति भूकम्पको कहालीलाग्दो दिनलाई फेरी एक पटक स्मरणमा ल्याइदिएको सुनाए ।
डकुमेन्ट्री हेर्न पुगेकी सभासद् मिरा ध्वजुले भूकम्पले मानिसहरुको चक्नाचुर पारेको सपनालाइ हेर्दै रोएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘१९९० सालको भूकम्पवारे सुन्छौँ मात्र, तर देख्न सक्दैनौ । तर यो भिडियो इतिहास बनेर पुस्तौसम्म बाँच्नेछ । कति ठाउँमा डकुमेन्ट्री हेर्दै रोएँ । उनीहरुले खुट्टा गुमाएका छन् । अब कहिल्यै दौडन सक्दैनन् । तर, सास बचाएका छन् ।’
डकुमेन्ट्रीका पात्र रमेश खत्रीले डकुमेन्ट्री हेर्दै आफ्नो भविश्यलाई सम्भिmए र धरधरती आँशु खसाले । भने, ‘म किन यस्तो भएँ । यस्तो हुन्छु भनेर कहिल्यै सोचेको थिइन ।’ उनका दुबै सग्ला खुट्टा अब इतिहास बनेका छन् ।
भूकम्प जाँदा ४ महिनाका सोनिस अवाल, जसलाई २२ घण्टापछि उद्धार गरियो । उनी पनि हातखुट्टा हल्लाउँदै आफूमाथि बनेको डकुमेन्ट्री्र हेर्दै थिए । उनको आमा रश्मीला अवालले भनिन्, ‘डकुमेन्ट्री हेरेपछि कतिपय असम्भव कुरा पनि सम्भव हुँदो रहेछ भन्ने लाग्यो । म त खुशी थिएँ । तर, अरुको पीडाले आँखा रसायो ।’
नेपाल प्रहरीका पूर्व प्रमुख कुवेरसिंह रानाले पनि डकुमेन्ट्री हृदयविदारक भएको प्रतिक्रिया दिए । भाग्यले बाँच्ने शौभाग्य पाएकाहरुको कथा अत्यन्त मार्मिक भएको पनि उनले बताए । डकुमेन्ट्री हेर्न पुगेकी रमिला श्रेष्ठले डकुमेन्ट्रीको प्रशंसा गर्दै भनिन्- डकुमेन्ट्रीको व्याख्रया गर्ने मसँग कुनै शब्द नै छैन् ।
डकुमेन्ट्रीका पात्र पेम्वा तामाङ, पि्रया बिक, रमेश खत्री, बविता सेढाईँले आफ्नो पीडा आफ्नै अगाडि हेर्दै थिए । अनि उसै गरी आँशु बगाउँदै थिए, जसरी त्यो पीडामा बगाएका थिए । उनीहरु आफ्नो पीडा देख्दा पनि भक्कानिन्थे, अनि अरुको पीडा हेर्दा पनि ।
डकुमेन्ट्रीका निर्देशक गणेश पाण्डेका अनुसार ५५ मिनेटको यो डकुमेन्ट्री छिट्टै देशका विभिन्न ठाउँ र विदेशमा पनि यो डकुमेन्ट्री प्रदर्शन गर्ने तयारी भइरहेको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment