Saturday, July 25, 2015

१९ दिनदेखि बन्द रहेका म्यानपावर बल्ल आजबाट खुल्यो


असार २२ गतेबाट बन्द भएका उपत्यकाका म्यानपावर कम्पनीहरु आजबाट खुलेका छन् । फ्रि भिसा र टिकटमा नेपाली कामदार मलेसिया लगायतका खाडी मुलुकमा पठाउने सरकारी निर्णयसँगै उनीहरुले कामकाज ठप्प पारेर सडक आन्दोलन गर्दै आएका थिए । गएराती आन्दोलनरत म्यानपावर व्यवसायी र श्रम मन्त्रालयबीच ३१ बुँदे सहमति भएसँगै म्यानपावर कम्पनीहरु आजबाट संचालनमा आएका हुन् । वार्तामा मलेसिया लगायतका खाडी देशमा फ्रि भिसा र टिकटमा कामदार पठाउने लगायतका विषयमा सहमति जुटेको छ । सहमतिसँगै अब विदेश जाने कामदारले म्यानपावरमा १० हजार मात्र बुझाउनुपर्नेछ । फ्रि भिसा र टिकटका बारेमा अध्ययन गर्न सरकारी वार्ता टोलीका संयोजक सूर्य श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको छ ।

0 comments:

Post a Comment