Saturday, July 25, 2015

अन्धविश्वासको आडमा अबोध बालकको घाँटी रेटियो


नवलपरासी साउन ९ –नवलपरासीमा अन्धबिश्वासको आडमा एक अबोध बालकको घाँटी रेटी हत्या गरिएको खुलासा भएको छ । जिल्लाको कुडिया गाविस बडा न ४ मर्चहवा निवासी बर्ष ३५ का कोदाई हरिजनले अन्धबिश्वासको आडमा सोही ठाँउ निवासी शिवशरण कोहारका छोरा १० वर्षीय छोरा जिवन कोहारको घाँटि रेटेर हत्या गरेका हुन् । हरिजनका छोरा १८ बर्षिय बिजय हरिजन पटक पटक बिरामी भैरहने र निको हुने भन्दै पुजारीले बालकको बलि दिनुपर्ने बताए अनुसार उनिहरुले मृतक जिवनलाई साउन ५ गते देखी बेपत्ता पारेका थिए । शुक्रवार साढे १२ बजे खोलाको किनार नजिकैको झाडीमा घोप्टो पारी फालिएको र घाटि रेटिएको अवस्थामा जिवनको शव फेला परेको थियो । आज घटनाको जानकारी दिन जिल्ला प्रहरी कार्यालय परासीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्य अभियुक्त कोदाई हरिजनले आफ्ना छोराका लागी हत्या गरेको बताए । १०बर्षिय बालकको घाटि रेट्ने आँट कसरी भयो भन्ने प्रश्नमा हरिजनले बालकको माया लागेपनि आफ्ना छोरा ठिक हुन्छ भन्ने भ्रममा उखु काट्ने गडासीको प्रयोग गरेर घाँटी रेटेको बताए । घटनाको बिवरण सुनाउदै जिल्ला प्रहरी प्रमुख एसपी नल प्रसाद उपाध्ययले जिवनलाई मार्नका लागी कोदाईले रुदल हरिजन,सुर्यभान हरिजन लगायतलाई ५० हजार दिएको र उनिहरुको सहयोगमा हत्या भएको बताए । घटना हुने दिनमा मृतक जिवनलाई सुर्यमान हरिजनको घरआगनमा खेलिरहेको अवस्थामा १०रुपैयाको बिस्कुट किनिदिएर ललाई फकाई गरि घाटी रेटि हत्या गरेर नजिकैको झाडीमा फालेका थिए । अभियुक्तहरु बर्ष ३५ का कोदाई हरिजन,बर्ष ५५ का सोखा पुजारी गगां हरिजन,बर्ष ५० के रुदल हरिजन, बर्ष ३३ का सुर्यभान हरिजन र बर्ष १८ का बिजय हरिजनलाई पक्राउ गरि कर्तब्य ज्यान मुद्धा चलाईएको छ । घाँटी रेट्ने मुख्य अभियुक्त कोदाईलाई आज स्थानियको सहयोगमा नेपाल भारतको सिमानामा पक्राउ गरिएको थियो ।

0 comments:

Post a Comment