सप्तरी : गौहत्या गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा किटानी जाहेरी परेको छ ।
सप्तरीको बैरवा गाविस–५ मा स्थानीयवासीले गत साउन २ गते राति गाई काटेर खाएको आरोपमा सोही स्थानका बासिन्दाले किटानी जाहेरी दिएका हुन्।
गाई काट्ने व्यक्तिको पहिचान गरी कारबाही नगरिए संयुक्त आन्दोलन गर्ने चेतावनी स्वधर्म संस्कृत संरक्षण अभियान नेपालका जिल्ला अध्यक्ष धर्मलाल यादव, धर्माेदय समाज नेपालका अध्यक्ष सोमनाथ घिमिरे र रामहनुमान आराधना मण्डली नेपालका जिल्ला अध्यक्ष रामेश्वर लाल यादवले दिएका छन्।
सो विषयमा अनुसान्धान भइरहेको र प्रमाणित भएमा उनीहरुलाई पक्राउ गरी कारबाही गरिने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए। रासस






0 comments:
Post a Comment