साउदी अरेबियाले साहित्यकार, नायक तथा फोटोग्राफर ओमार बोर्कनलाई देश निकाला गरेको छ । उनलाई कुनै अपराध गरेर देश निकाला गरिएको होइन् । उनीलाई त उनको अनुहार राम्रो भएका कारण देश निकाला गरिएको हो ।
सुन्दा अचम्म लाग्न सक्छ । तर, यो सत्य हो की नायक तथा फोटोग्राफर ओमारलाई अनुहार राम्रो भएको र ह्यान्डसम भएको भन्दै साउदी सरकारले देश निकाला गरेको छ । उनीसँगै अन्य दुईलाई पनि देश निकाला गरिएको हो ।
साउदी अरेबियामा सुरू हुन लागेको एक पर्वमा उनीहरू देखिँदा महिलाहरु उनीहरूप्रति आकर्षित हुने भन्दै त्यहाँको पर्वका लागी खटिएका प्रहरीले ओमारसहित अन्य २ जनालाई देश निकाला गर्ने निर्णय गरेको हो । अरेबियामा हुन लागेको पर्वसम्मका लागी मात्र ओमारलाई देश निकाला गरिएको हो ।
साउदीमा हुन गइरहेको पर्वमा आउने महिलाहरू यी पुरूषहरूलाई देखेर उनीहरू यी पुरूषको मायामा फस्ने र यसले सबैलाई असर गर्ने भन्दै प्रहरीले यस्तो निर्णय लिएको बताइएको थियो ।
0 comments:
Post a Comment