Thursday, July 23, 2015

पेट्रोल छर्केर यसरी जलाइयो गाडी


श्रावण, २०७२

धादिङ- बन्दकर्ताले पृथ्वी राजमार्गमा गाडी जलाएका छन्। धादिङको भुमेस्थान गाविसस्थित खहरे खोलाको पुलमा काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको ना४ख ३६२२ नम्बरको टेलर ट्रक बिप्लब माओवादीका कार्यकर्ताले जलाएका हुन्।

मोटरसाइकलमा पेट्रोल लिएर आएका उनीहरुले पुलमा गाडी रोकी पेट्रोल छर्केर आगो लगाइ फरार भएका हुन्। गाडीको अगाडीको भागमा आगो लगाइएको थियो। घटनालगत्तै पुगेका प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन्।

गाडी पुरै जल्नबाट जोगिएको छ। गाडी जलाउन आएका दुई मध्यएका जनालाई बा१४प ८७८५ नम्बरको महादेवबेसी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भुमेस्थान-८ कार्कीडाँडाका प्रेमबहादुर थापा रहेको महादेवबेसीका प्रहरी जवान लालबहादुर मगरले जनाकारी दिए। घटना बिहान साढे ८ बजेको हो।

0 comments:

Post a Comment