एक भारतीय गुप्तचर संस्थाले प्रधानमन्त्री नरेन्द्र मोदी माओवादी निशानामा रहेको दावी गरेपछि भारतीय सीमा सूरक्षा बल (एसएसबी) महोत्तरीसँग सीमा जोडिएको नेपाल भारत सीमावर्ती क्षेत्र मा कडा सुरक्षा अपनाइएको हो। भारतको बिहार राज्यको राजधानी पटना र मुजफ्फरपुरमा शनिबार भारतीय प्रधानमन्त्री मोदीको कार्यक्रममा मोदीमाथि आत्मघाती आक्रमणको सूचना भारतीय ईन्टेलिजेन्स व्यूरोले पाएपछि सो को मध्यनजर गर्दै भारतीय एसएसबीले भारतको सीमासँग जोडिएको महोत्तरीका विभिन्न नाकाहरुमा सूरक्षा व्यवस्था कडा पारेका छन्। बिहारको मधुवनी र सीतामढी जिल्लासँग सीमा जोडिएको महोत्तरीको मटिहानी, पर्सापतैली, जलेश्वर, नैन्ही, बथनाहा, कट्टीकटैया, खैरबन्नी, रघुनाथपुर लगायत १३ गाउँ विकास समितिका सीमावर्ती क्षेत्रमा भारतीय एसएसबीले कडा चेकजाँच शुरु गरेको छ। शुक्रबार विहान देखि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने नाकामा नेपाल भारत तर्फका उल्लेख रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। भारतीय एसएसबीले नेपालको ती नाकाहरुबाट प्रवेश गर्ने नेपाली सवारी साधन र सर्व साधारणहरुलाई चेकजाँच गरी भारततर्फ प्रवेश गर्न दिने गरेको छ। भारतीय एसएसबीले शुक्रबार र शनिवार ती नाकाहरुमा सघन चेकजाँच प्रणाली लागु गरी तालिम प्राप्त कुकुरहरुबाट पनि चेकजाँच गराउने गरेका छन् भने ३९ किलोमिटर महोत्तरीसँगको भारतीय सीमा क्षेत्रमा ४८ घण्टे विशेष पेट्रोलियम सेवा सञ्चालनमा ल्याएका छन्। यता १३ गाउँ विकास समितिसँग सीमा जोडिएको महोत्तरीका नाकामा सशस्त्र प्रहरीले नियमिति चेकजाँच जारी राखेको सशस्त्र प्रहरी बल सीमा सूरक्षा कार्यालय महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक धिरेन्द्र पाण्डले बताए।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment