साउन, ११ कोहलपुर । नेपालगन्ज–सुर्खेत रत्नराजमार्ग अन्र्तगत चिसापानीमा मोटरसाईकल दुर्घटनामा दुई युवकको ज्यान गएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परि बर्दिया बासगडी नगरपालिका—५ का ३० वर्षीय लोकबहादुर पुन र २३ वर्षीय मोहन रावलको घटनास्थलमै मृत्यु भएको क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरले जनाएको छ ।
दुर्घटनामा बाँसगडीकै २४ वर्षीय गोपाल परियार गम्भीर घाइते भएका छन् । घाईतेको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ । सुर्खेतबाट कोहलपुरतर्फ आउँदै गरेको भे ४ प ४२०५ नम्वरको मोटरसाईकल चिसापानी—४ देउरालीमा आईतबार राती दुर्घटना भएको हो ।
तीन जना सवार मोटरसाईकल तीव्र गतिका कारण अनियन्त्रित भएर पल्टिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।






0 comments:
Post a Comment