Saturday, July 25, 2015

बर्षौका लागि आज देश छाड्दै दीलिप


साईड डान्सर हुँदै नेपाली फिल्म उद्योगमा सुपरस्टार हुन सफल भएका दीलिप रायमाँझीले आज देश छाड्दैछन् । प्राप्त एक्सक्लुसिभ खबरका अनुसार उनी बर्षौका लागि छोरी र श्रीमतीका साथ अमेरिका उड्न लागेका हुन । नेपालमै रहेर ६ महिना अघि अमेरिकी ग्रिन कार्ड हात परेपछि छोरीको भबिष्य बनाउँने भन्दै उनी अमेरिका बसाई सर्ने निर्णयमा पुगेका हुन । यो बसाई सराईमा दीलिपको चाहाना भन्दा श्रीमतीको चाहाना बढी भएपछि उनी पनि श्रीमती र छोरीका साथ अमेरिका बसाई सर्न बाध्य भएको श्रोत बताउँछ । नेपालीहरुको बाहुल्य रहेको क्षेत्र बाल्टीमोरमा बस्ने योजना सहित दीलिपले घर र गाडी समेत किन्ने ब्यवस्था गरिसकेको सुत्रको भनाई छ । यध्यपी छोरी दिब्याको कलेज कुन क्षेत्रमा फिक्स हुन्छ सोही अनुसार दीलिपले स्थायी घर लिने सुत्रको भनाई छ। प्राप्त जानकारी अनुसार दीलिपको परिवरालाई रिसिभ गर्न गायक प्रेम राजा महत एयरपोर्ट आउँने छन् । एक मात्र सन्तान दिब्या रायमाझीलाई माया गर्दै दीलिप र उनको श्रीमती मञ्जु । एक मात्र सन्तान दिब्या रायमाझीलाई माया गर्दै दीलिप र उनको श्रीमती मञ्जु ।झण्डै १७ बर्षको बसाई पश्चात सरोज खनाल महिना दिन अघि मात्र नेपाल फर्किएका थिए तर विडम्बना आज बुढयौलीमा सरोज खनाल नेपाल फर्किदा अर्का सुपरस्टारले बर्षौका लागि देश छाड्नु परेको छ । यो देश छाड्नुको बाध्यता पनि ब्यवहारिकनै छ भन्दा फरक पर्दैन् । किन कि जो पहिले चलेका निर्माता निर्देशक थिए उनीहरु अहिले यो उद्योगमा सक्रिय छैनन् र नयाँ मेकरले पुराना कलाकारहरुलाई लिएर फिल्म बनाउँने हिम्मत नगर्नु नै दीलिप रायमाँझी जस्ता योग्य स्टारले देश छाड्नुको प्रमुख कारण हो भन्दा फरक पर्दैन । त्यसका अलवा समयसंगै कलाकारहरु आफै अपग्रेड नहुनु पनि उनीहरुको डाउनफल हुने अर्को प्रमुख कारण हो जुन कारण केही हद सम्म दीलिपको हकमा पनि लागु हुन्छ । बुझिए अनुसार आज राति साँढे ९ बजेको फ्लाईटबाट दीलिप अमेरिका उड्दैछन् त्यस अघि उनी ७ बजे भित्र त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल पुगिसक्ने सेड्यूल छ । कुनै समय निर्माताहरुलाई दीलिपको डेट लिन निकै गार्हो पर्दथ्यो । ब्यस्ताका कारण उनको ब्रेकफाष्ट देखि लन्च र डिनर सम्म दरबार मार्गको महंगो नाङलो रेष्टुरामा हुन्थ्यो कि त कुनै थ्री र फाईभ स्टारमा होटल मात्र । दीलिप कुशल डान्ससंगै कुशल अभिनय गर्ने एक मात्र नेपाली अभिनेता मानिन्छन् । उनले दर्जनौ हिट फिल्म दिएका छन् । तर पछिल्लो केही बर्ष यता हेर्ने हो भने उनले खेलेका फिल्म केबल खेल्नका लागि मात्र सिमित भएर देखा परे । उनले मिस यू नामक एक फिल्म पनि निर्माण गरे तर बिडम्बना नै भन्नू पर्छ ओरालो लागेका बेला त्यो फिल्मले पनि सोचे जस्तो सफलता हात पारेन र उनको खस्कदो आर्थिक अवस्थालाई माथि उठाउँन सकेन । झण्डै अढाई दशक लामो फिल्मी करिअरमा उनले अभिनय गरेका मध्ये स्टाईलिष्ट अभिनय रहेको फिल्म दर्पण छाँया हो । दर्पण छाँया पचाँसको दशकमा सुपरहिट भएको फिल्म हो जुन फिल्ममा दीलिपले देखाएको एटिच्यूट कलेज बर्गका विद्यार्थीहरु माँझ फेशनका रुपमा चर्चित समेत बनेको थियो । दीलिप रायमाँझी अमेरिका उड्ने नयाँ पात्र मात्र हुन तर पछिल्लो दुई महिना यता नेपाली कलाकारहरुको ठूलो टिम अमेरिकामै छ । नेपाली कलाकारहरुको अमेरिका पुग्ने कारण जे जस्तो भएपनि उनीहरुको भित्री चाहाना चाँहि अमेरिकामै बस्नु हो । जुन ध्रुब्र सत्य हो । किन कि नेपालको सेलिब्रेटी लाईफ आकाशमा चम्किएको तारा जस्तै हो जसको बेदना स्वयम त्यो तारालाई बाहेक अरु कसलाई थाहाँ हुँदैन । अमेरिकामा रेखा थापा देखि लिएर निशा अधिकारी र नन्दिता केसी सम्म पुगेका छन् । विगत दुई बर्षदेखि राजबल्लभ कोइँराला जस्ता आश गरिएका एजुकेटेड हिरो पनि अमेरिकामै भासिनु पर्यो । यी बाहेक अहिलेका चल्तीका स्टार जीवन लुइँटेल पनि अमेरिकामै बस्ने योजनामा पुगेको बताईन्छ । पूराना तर्फ हेर्ने हो भने कृष्टी मैनाली, सारंगा श्रेष्ठ, पूजा चन्द जस्ता राम्रा अभिनेत्रीहरु पनि आजको मिति सम्म उतै छन् ।

0 comments:

Post a Comment