झापाको कुमरखोदबाट भन्सार छलेर नेपाल ल्याउँदै गरको ६ लाख बढी मूल्यको कपडा नेपाल प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यलय कुमरखोदको संयुक्त प्रहरी टोलीले कपडा बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाले बुधबार राति कुमरखोद नाकाबाट नेपाल ल्याउँदै गरेको ६ लाख ३१ हजार ७ सय ८० रुपैयाँ बराबरको कपडा बरामद भएको जनाएको छ। बरामद गरिएको कपडा बिहीबार मेची भन्सार कार्यलय काकडभिट्टामा आवश्यक कारबाहीका लागि बुझाईएको जिल्ला प्रहरी कार्यलय झापाले बतायो।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment