श्रावण 12 मंगलबार ,
साउन १२ – भारत राजस्थानका श्रीचन्द्र बेगवानी ३ महिनाको बन्दोबस्तीसहित विराटनगर आएका छन् । ८३ वर्षीय बेगवानीसँगै श्रीमती कमलादेवी र एकजना सहयोगी पनि छन् ।आजको कारोबार दैनिकमा खबर छ ।
नेपालमै पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय चातुर्मासामा सहभागी हुन विराटनगर आएका उनलाई काठमाडौं जान भने डर लाग्छ । चातुर्मासमा सहभागी हुन ४ दिनअघि आइपुगेका राजस्थानका हनुमान डाँगा र सागर मल वैद पनि विराटनगरबाटै फर्किने योजनामा छन् । उनीहरु २ महिना विराटनगर बस्नेछन् । तर, नेपाल आइपुगेका बेला पशुपतिनाथको दर्शन गर्ने उनीहरुको चाहना अधुरै रहने भएको छ । मुम्बईका गुलाफ चन्दले पनि काठमाडौं घुम्ने योजना त्यागेका छन् । विराटनगरमा हुने चातुर्मासमा आएका बेला काठमाडौं र पोखरासम्म पुग्ने योजना उनले एक वर्षअघि नै बनाएका थिए । उनीहरुजस्ता हजारौं दर्शनार्थी चातुर्मासमा आउँदा पशुपतिनाथको दर्शन गर्न चाहन्थे । तर, वैशाख १२ को महाभूकम्पले पुर्याएको क्षतिपछि सबैले योजना परिवर्तन गरेका छन्।






0 comments:
Post a Comment