Saturday, July 25, 2015

गाई काटेर खाएको भन्दै कारबाहीको माग


सप्तरी, साउन ९ – गौहत्या गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा किटानी जाहेरी परेको छ ।सप्तरीको बैरवा गाविस–५ मा स्थानीयवासी रहमदतुल्लाह मन्सुरी, मो सद्याम मन्सुरी, लौचन मन्सुरीलगायतले गत साउन २ गते राति गाई काटेर खाएको आरोप छ ।सोही ठाउँका बलदेव यादव, रामदेव यादव, बेचन पण्डित र सोनाइ यादवले गाई काटेर खाएको भन्दै संयुक्त रुपमा आज उनीहरुविरुद्ध किटानी जाहेरी दिएका हुन् । यता गाई काट्ने व्यक्तिको पहिचान गरी कारबाही नगरिए संयुक्त आन्दोलन गर्ने चेतावनी स्वधर्म संस्कृत संरक्षण अभियान नेपालका जिल्ला अध्यक्ष धर्मलाल यादव, धर्मोदय समाज नेपालका अध्यक्ष सोमनाथ घिमिरे र रामहनुमान आराधना मण्डली नेपालका जिल्ला अध्यक्ष रामेश्वर लाल यादवले दिए ।सो विषयमा अनुसान्धान भइरहेको र प्रमाणित भएमा उनीहरुलाई पक्राउ गरी कारबाही गरिने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए । रासस

0 comments:

Post a Comment