Saturday, July 25, 2015

बाढीले पुल बगाउँदा राजधानीसँग दाेलखाकाे सम्पर्क विच्छेद


दोलखा–अबिरल वर्षापछि चरंगो खोलामा आएको बाढीले काठमाडौं लामोसाँघु जिरी सडकखण्डको चरंगेखोलाको पुल बगाएकाे छ । पुल बगाएपछि राजधानीसँग दोलखाको यातायात सम्पर्क विच्छेद भएको छ । जिल्लासँग राजधानी जोड्ने एक मात्र सडकखण्डको बेली ब्रिज बगाउँदा यातायात सम्पर्क विच्छेद भएको हो । शनिबार साँझ ६ बजे आएको बाढीले पुल बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद धितालले बताए । 'केही बेर अगाडि आएको बाढीले चरंगो खोलाको पुल करिब २ सय मिटर बगाएको छ,' प्रहरी निरीक्षक धितालले नागरिकन्युजसँग भने,' जसका कारण राजधानीसँग जिल्लाको यातायात सम्पर्क विच्छेद भएको छ ।' करिब ३५ वर्ष अगाडि स्विस सरकारले काठमाडौं, लामासाँघु जिरी सडक निर्माण गर्दा सो पुल बनाएको थियो ।

0 comments:

Post a Comment