Thursday, September 3, 2015

एकै परिवारका ४ जनाको शव एकै ठाउँमा भेटियो


रोल्पा, भदौ १७ — रोल्पाको राँकमा एकै परिवारका चार जनाको शव फेला परेको छ । राँक गाविसको स्यालापाखा जंगलमा एकै परिवारका चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
राँक–२ की ३७ वर्षकी पवित्रा राना, उहाँकी १४ वर्षकी छोरी पिउमाली राना, १२ वर्षका छोरा भीमबहादुर र १० वर्षका छोरा गणेश रानाको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार बिहान मामाघर जाने भनी हिँडेका उनीहरुको राँक–७ को स्यालापाखा जंगलमा बिहीबार शव फेला परेको हो ।
उनीहरुको शव भेटिएको ठाउँमा दुई वटा विषको खाली बोतल भेटिएको गाउँलेले बताएका छन् । प्रहरी चौकी पाछाबाङबाट प्रहरी टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता शेखरजंग मल्लले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment