भदौ १७ गते-
पछिल्लो समय देशमा सीमांकनको विरोधसँगै साम्प्रदायिक तथा जातीय सद्भाव भड्काउने खालका गतिविधिले पनि तिव्रता पाएका छन् ।
बिशेषगरी मधेशको आन्दोलन र यससँग जोडिएका पाटाहरुको विश्लेषण गर्ने हो भने जनता भड्काउने अभिव्यक्ति दिएर केही नेताहरुले जबरजस्ती जातीय राज्यको पक्षमा सडक तताउने प्रयास गरिरहेका छन् ।
सिंगो मास लाई नै नेताहरुले उग्र भाषण गरेर उचाल्ने प्रयास गरेपनि एक एक गरेर उनीहरुको अभिमत लिने हो भने जातीयताको कुरा निकालेर साम्प्रदायिक दंगा भड्काउने पक्षमा निकै कम छन् ।
सामाजीक सञ्जालका भित्ताहरुमा विभिन्न जातजातीका प्रतिक्रिया हेर्ने हो भने पनि उनीहरु जातीयताको कुरा चित्त नबुझाएको प्रष्ट हुन्छ ।
पछिल्लो समय आङकाजी शेर्पा, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका केही नेताहरुले जातीयता र बिशेषगरी मधेशी नेताहरुले मधेशको पक्षमा बोल्ने नाममा अन्य समुदायको उछितो काटेका छन् ।
अझ जनजाती नेता आङकाजी शेर्पा त आदिवासी जनजाती बाहेकका अन्य समुदायलाई गाली गर्न र नामै किटेर औंला ठड्याउन माहिर छन् । ७ प्रदेशको सीमांकनको तिव्र विरोध हुन थालेपछि शेर्पाले बिशेषगरी बाहुनवाद र ब्राह्मण समुदायलाई तिखो प्रहार गर्दै आएका छन् ।
आफ्नो समुदायको अधिकारको पक्षमा लाग्ने क्रममा यसरी जात बिशेषको उछितो काट्ने उनको कार्य र अभिव्यक्तिलाई धेरैले रुचाएका छैनन् । अझ केहीले त दलितलाई दलित भन्दा होच्याईएको भन्दै विरोध गर्नेहरुले ब्राह्मणलाई बाहुन किन भन्ने भन्दै टीप्पणी पनि गरेका छन् ।
‘बाहुन’ भनेर सामाजीक सञ्जालमा पोष्ट गरिएका आपत्तिजनक पोष्ट र जनजाती नेताहरुले सार्वजनिक ठाउँमा दिएका अभिव्यक्ति एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाशलाई मन परेको रहेनछ । उनले सामाजीक सञ्जाल फेसबुकमै स्टाटस लेखेर सबैलाई एउटै तराजुमा नराख्न र बाहुन को सट्टा अर्कै शब्द राख्न आग्रह गरेका छन् ।
-नेपाल रिपोर्ट डट कम बाट







0 comments:
Post a Comment