Wednesday, September 2, 2015

चिठ्ठा पारी दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ


खोटाङ, भदौ १६– चिठ्ठा पारी दिन्छु भन्दै गाउँलेलाई ठगी गरेको आरोपमा खोटाङका दुई युवा पक्राउ परेका छन् । नमस्ते नेपाल मल्टी प्रपोज कन्सनका प्रमुख भीम राई र गाउँलेबाट पैसा संलकन गर्ने काजी खत्री पक्राउ परेका हुन् ।
ठगी गरेको भन्दै गाउँलेले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो ।
प्रहरीका अनुसार उनीहरुले  ७ सय १० जनाबाट प्रतिव्यक्ति आठ हजार साय रुपैयाँका दरले ६१ लाख ७७ हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ  । उनीहरु दुवैलाई दिक्तेलबाट पक्राउ परेका हुन् ।

0 comments:

Post a Comment