मस्यौदा संविधानको धारा ६१ को उपधारा (१), (२), (३), (४)को साटो राजसंस्था राखिनु पर्ने बताएको छ । 'श्री ५ भन्ने शब्दले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहका वशज, आर्य सस्कृतिका अनुयायी, हिन्दु धर्मावलम्बी, गद्दिसिन श्री ५ महाराजाधिराजलाई सम्बोधन गरेको सम्झनु पर्ने छ ।' त्यसैगरी सनातन हिन्दु राखिनुपर्ने र संघीय मुलुक नभै एकात्मक शासन व्यवस्थानमा जानुपर्ने लेखेको छ।
राप्रपा नेपालले मस्यौदामा प्रस्तावनासहित २४ वटा संशोधन बिहीबार दर्ता गराएको हो । यो पार्टीको तर्फबाट संशोधन प्रस्ताव राखेका हौं,' पार्टी अध्यक्ष तथा संसदीय दलका नेता कमल थापाले भने, 'सभासदहरुले आफूले चाहेअनुसार संशोधन प्रस्ताव दर्ता गराउन स्वतन्त्र रहेका छन् ।'
नेपालमा राजतन्त्र भएको बेला राजालाई सम्बोधन गर्न श्री ५ महाराजधिराज शब्दावली प्रयोग गरिन्थ्यो ।







0 comments:
Post a Comment