Thursday, September 3, 2015

कोशीमा पानीको बहाव २ लाख क्युसेक माथी


१७ भदौ – पूर्वि पहाडी भेगहरुमा बिहीबार बिहानै देखी भिषण वर्षा भएपछि नेपालकै ठुलो नदी सप्तकोशीमा पानीको बहाव बर्षकै उच्च मापन गरीएको छ । बिहीबार दिउसो २ बजे गरीएको मापन अनुसार कोशीमा पानीको बहाव २ लाख १५ हजार क्युसेक प्रतिसेकेन्ड माथी रहेको छ ।
कोशीब्यारेज प्रहरी कन्ट्रोलका अनुसार सप्तकोशी फुटदा समेत पानीको बहाव १ लाख ६८ हजार रहेको थियो । हाल कोशीमा पानीको सतह उच्च कायम गरीएपछि रातो बत्ती बाली खतराको संकेत कायम गरीएको छ भने ५६ ढोका मध्ये २७ ढोका खोलीएको प्रहरी कन्ट्रोल कोशीब्यारेजले जनाएको छ ।
त्यस्तै पहाडी भेगहरुमा बिहानै देखी निरन्तर बर्षा भइरहेका कारण कोशीमा पानीको सतह अझै बढन सक्ने भएकाले कोश ीआसपासका क्षेत्रहरुमा उच्च सतकर्ता अपनाइएको जनाइएको छ ।
यता सप्तकोशीमा कोशी फुटेको भन्दा बढी बहाव भएको खबर पाए लगत्तै आसपासका क्षेत्रहरुमा बिहीबार नै स्थानीयहरुलाई उच्च सतर्कता अपनाउन खबर गरीसकेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले जानकारी दिनुभयो ।


0 comments:

Post a Comment