Tuesday, September 15, 2015

रियालिटी शो: डीआइडीको अन्तिम दसमा नेपाली निर्मल तामांग


काठमाडौं- भारतीय चर्चित रियालिटी शो डान्स इन्डिया डान्स (डीआईडी) मा नेपाल,नुवाकोट विदुर नगरपालिका, त्रिशुलीवजार ११ का २३ वर्षिय निर्मल तामाङ उत्कृष्ट दशमा पर्न सफल भएका छन्।

पूर्व भारतीय सेनाका अवकास प्राप्त शेरवहादुर तामाङका कान्छा छोरा निर्मल वैसाखदेखि डीआईडी प्रतियोगितामा सषर्घ गरिरहेका छन्। बलिउड अभिनेता तथा डान्सर मिथुन चक्रवती लगायत चर्चित डान्सर निर्णायक मण्डलमा रहेको प्रतियोगिता भारतीय च्यानल जी टिभीबाट प्रत्येक शनिवार र आईतवार राती सवा नौ बजे प्रशारण हुँदै आएको छ।

निर्मल आफ्नो मात्र नभई नेपालकै छोरा भएको भन्दै भोट गरेर उनलाई विजेता बनाउन उनका बुवा शेरवहादुरले सवैलाई आग्रह गरेका छन्।

यसअघि पनि नेपालीमूलका प्रशान्त तामाङ र तेरिया मगर यस्तै ठूलो रियालिटी शो विजता बनेका थिए।

0 comments:

Post a Comment