Thursday, September 3, 2015

रेश्मा सुनुवार भन्छिन्,‘मर्न विष किनेर खाएँ’


काठमाडौं – ‘मै ठूली भैछु रे, आइदेऊ घुम्टी ओढाइदेऊ…’ गीतले रेश्मा सुनुवारलाई नेपाली संगीत बजारमा स्थापित गराइदियो । गायनमा सफल भए पनि एक छोराकी आमा रेश्माको महिलो प्रेम, वैवाहिक सम्बन्ध सफल हुन सकेन ।

पहिलो प्रेमबारे घरमा थाहा भएपछि रेश्माले आत्महत्याको प्रयास समेत गरिन् । रेश्मा मर्न चाहन्थिन्, तर उनको मृत्युको परीक्षामा काल नै हार्यो । ‘नौ कक्षा पढथेँ । ‘लभ’ परेको थियो । घरमा बुबा आमाले थाहा पाउनुभएछ । नराम्रोसँग पिट्नुभो । मलाई मर्न मन लाग्यो । नजिकैको पसलबाट मुसा मार्ने विष किनेर ल्याएँ । आठ रुपैयाँका चार चक्की । कसैले नदेख्ने गरी छतमा गएँ । पानीमा घोलेर खाएँ । त्यसपछि तल आएर घुलुप्प सुतेँ । केही बेरमै भोमिट भयो । सायद भोमिटसँगै विष पनि बाहिरियो, म मरिनँ । मर्छु भन्दा पनि कालले लगेन ।’ आजको नयाँ पत्रिका दैनिकमा एक सामग्री छापिएको छ ।

0 comments:

Post a Comment