कार्यक्रम सकिएपछि फोटोसेसन चल्यो । फोटोसेसन गरिसकेपछि अवार्ड पाएका नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्कीलाई मिडियाले फेरि घेर्यो । आर्यन र प्रियंकाको मात्र फोटो फोटोग्राफरहरुले लिए । यसपछि आर्यन मञ्चबाट तल झरे, तर प्रियंकालाई भने गाह्रो भयो । प्रियंकाले लगाएको पहिरन लामो थियो, जसका कारण उनलाई हिड्न अप्ठ्यारो भैरहेको थियो । भुँइसम्म लत्रिएको पहिरनका कारण पनि प्रियंकालाई हिड्न गाह्रो भएको हुनसक्छ ।
प्रियंका स्टेजबाट तल र्झन सकिनन् । यसपछि, नायक आर्यन सिग्देल स्टेजबाट तल झरे र प्रियंकालाई आफ्नो काममा राखे । आर्यनको सहारामा प्रियंका स्टेजबाट झरेकी थिइन् ।
-अनलाइन खबर बाट







0 comments:
Post a Comment