Thursday, September 3, 2015

मलेसियामा ७० यात्रु बोकेको डुंगा डुब्योे


काठमाडौं, भदौ १७ । मलेसियाको सेलान्गोर राज्यस्थित सकाक बर्नाम सहर नजिकको तटमा ७० यात्रु बोकेको डुंगा डुबेको छ ।

त्यहाँका अधिकारीहरुले डुंगा डुब्दा १४ जनाको मृत्यु भएको र कम्तिमा १५ जनालाई उद्धार गरिएको बताएका छन् । बाँकी यात्रुहरुको अवस्था अज्ञात छ भने दुर्घटनास्थलमा उद्धारकर्मी परिचालन गरिएको छ ।

डुंगामा रहेका यात्रुहरु इन्डोनेसियाली आप्रवासी रहेको विश्वास गरिएको छ । हजारौं इन्डोनेसियालीहरु गैरकानुनी रुपमा जोखिमपूर्ण यात्रा गर्दै कामका लागि मलेसिया जाने गर्दछन् । (एजेन्सी)

0 comments:

Post a Comment