Wednesday, September 2, 2015

साउदीलाई नेपालले ९ विकेटले हरायो



मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर लिग क्रिकेटको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ९ विकेटले हराएको छ।
मलेसियाको सेलोंगर टर्फ क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ५० ओभरको खेलमा ३३.२ ओभरमा अल आउट हुँदै ५५ रनमा समेटिएको थियो।
५६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा १ विकेट गुमाएर विजयी भएको हो।
नेपालका लागि सुनिल धमलाले ३४ र राजु रिजालले अभिजित १४ रन बनाए। यस्तै शंकर राना ४ रनमा आउट भए।
यसअघि साउदीका लागि फैसल खानले १९ र जैनले ११ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
नेपाली बलरसामू निरीह रहेको साउदी अरेबियाका दुई ब्याट्सम्यान शून्यमै आउट भए। चार जनाले १-१ रन बनाए।
नेपालका लागि सुशील कँडेलले  सर्वाधिक १० ओभरमा ९ मेडन राख्दै १२ रन खर्चिएर ४ विकेट लिए।
यस्तै सुनिल धमलाले ६ ओभरमा ३ डेमन राख्दै ३ रन खर्चिएर २ विकेट लिए। प्रेम तामाङले ४.२ ओभरमा २ मेडन राखेर ९ रन दिँदै २ विकेट लिए।

0 comments:

Post a Comment