Friday, September 4, 2015

हट गायिका ज्योती मगरको ‘भाँडो’ सार्वजनिक (भिडियो सहित)


काठमाण्डौ। दीपा बस्नेतले ५ बर्ष अगाडी निर्देशन गरेको लघु चलचित्र ‘भाँडो’ सार्वजनिक भएको छ । यौन मनोविज्ञानमा आधारित वरिष्ठ साहित्यकार गोविन्द मल्ल गोठालेको “भाँडो” कथामा बनेकोे यो चलचित्र २०१० मा निर्माण भएको थियो । लघु चलचित्र भाँडोमा बराज खड्का, शान्ति गिरि, लक्ष्मण न्यौपाने, युगज्योति क्रियाशिल, शुशीला जोशि र गायिका ज्योति मगरको अभिनय रहेको छ ।

‘यस चलचित्रको छायाँकन हुदाँ साहित्यकार मल्ल जीवन र मृत्युको दोसाधमा हुनुहुन्थ्यो र त्यति बेला नै उहाँ संग अनुमति लिएर चलचित्र बनेको हो’, निर्देशक बस्नेतले चलचित्रको बारेमा बोल्दै भनिन्, ‘म पनि तिमीले बनाएको चलचित्र हेर्छु नि नानी भन्नुभएको थियो तर चलचित्र पुरा नहुदै उहाँले हामी सबैलाई छोडेर जानुभयो ।’ “भाँडो” घरेलु काम गर्न मालिकको घरमा बसेको एक युवकको यौन मनोविज्ञानमा आधारित भएर निर्माण भएको चलचित्र हो ।



जीवनसाथी फिल्मसले प्रस्तुत गरेको चलचित्रमा रमेश धमलाको छायाँकन रहेको छ भने अशिम चित्रकारको सम्पादन रहेको छ । यो चलचित्र नेपालमा आयोजना भएको बड्स फिल्म फियस्टा २०१० मा पहिलो प्रर्दशन गरिएको थियो भने टोरन्टो नेपाली चलचित्र महोत्सब २०११ मा आधिकारिक छनोट भएर प्रदर्शन भएको थियो ।

0 comments:

Post a Comment