काठमाडौ , भदौ १८ - काठमाडौको कंलकीमा गएराति ट्याँकरले चेप्दा एक महिलाको ज्यान गएको छ । रोकीराखेको ना ५ ख ७६५ ट्याङकरमुनी सुतिरहेकी महिलालाई त्यही ट्याङकरले चेप्दा उनको ज्यान प्रहरीले जनाएको छ । ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन । ट्याङकर चालकलाई प्रहरीले पक्रेको छ ।
यस्तै आज बिहान दरबारमार्गमा पर्यटक बसको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन् । ना १ य १४ नम्बरको पर्यटकबसले ठक्कर दिँदा गुल्मी घर भई काठमाडौ बस्ने १९ वर्षिय कुलचन्द्र गौतम गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । घाइतेको वीर अस्पतालमा उपचार भैरहेको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment