शालीकराम
आचार्य
मस्कट,
ओमान
नेपाली
महिला समूह ओमानले महिलाहरूको महान चाड तीजको अवसरमा गत शुक्रवार सांस्कृतिक कार्यक्रम
सम्पन्न गरेको छ । नेपाली राजदूतावास ओमानकी
कार्यबाहक राजदूत रोजिना ताम्राकारको
प्रमुख आतिथ्य रहेकी थिईन कार्यक्रमको अध्यक्षमा
पार्वती श्रेष्ठ थिईन् तथा अञ्जु लामा र उमा ढुंगानाले सञ्चालन गरेका थिय साथै
अतिथिहरु मा गैर आवासीय नेपाली संघ ओमानका अध्यक्ष दीपक श्रेष्ठ, ओमान नेपाली एकता
समाजका अध्यक्ष शिबलाल गिरी, नेपाली समाज ओमानका अध्यक्ष ईच्छा राई, जनप्रगतिशील मञ्च
ओमानकी प्रतीनिधि कान्छीमाया तामाङ, प्रवासी नेपाली मञ्चका गगन कार्की, जनप्रगतिशील
मोर्चा ओमानका समित अधिकारी, बुद्ध भिजन ओमानका ङेमा तामाङ, तामाङ समाज ओमानका राम
तामाङ, जनसम्र्पक समिती ओमान प्रतीनिधि धनु पोख्रेल लगायतका अतिथिहरूको उपस्थिति रहेको
थियो । कार्यक्रममा तीज गीत तथा नृत्यहरुलाई
नै बिशेष प्रथमिकता दिएको थियो । मिर्मिरे सांस्कृतिक परिवार तथा रक्तिम सांस्कृतिक
अभियानका कलाकारहरुको समेत प्रस्तुति रहेको सो कार्यक्रममा अन्य स्थानीय कलाकारहरूद्वारा
पनि आफ्नो गायन तथा नृत्यहरु प्रस्तुत गरिएको थियो साथै बिचबिचमा कबिताहरु पनि बाचन
गरिएको थियो । समाज र राष्ट्रको लागि योगदान दिने प्रतिभावान सुपुत्र सुपुत्रीहरुलाई
जन्म दिने दुई आमाहरुलाई सो अवसरमा सम्मानित गरिएको थियो । उत्त साँगीतकि तीजी कार्यक्रममा
ओमानको राजधानी मस्कट स्थीत बिभिन्न् सहरहरु बाट उल्लेखनीय संख्यामा दर्शकहरूको उपस्थिति
रहेको उमा ढुंगानाले जानकारी दिएकी छिन ।







0 comments:
Post a Comment