१७ भदौ, तम्घास । गुल्मीको तुराङमा एक व्यक्ति मृत फेला परेका छन् । तुराङ गाविस १ का ४० बर्षीय धनपति पौडेलको शव तुराङ गाविस ३ को हुग्दी खोलाकोे कुलोमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक रविन्द्र रेग्मीले बताए । पौडेललाई विहीवार बिहान हुग्दी खोलाकोे कुलोमा मृत अबस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि तम्घास अस्पताल ल्याइएको छ । पौडेलको मृत्युको कारण नखुलेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
-फाइल तस्बिर
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment