Wednesday, September 2, 2015

टीकापुर हत्याकाण्डपछि फरार रेशम चौधरी पूर्वप्रधानसेनापतिको संरक्षणमा


काठमाडौ, १६ भदौ । नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ९ जनाको ज्यान जाने गरी भएको टीकापुर हत्याकाण्डका योजनाकार मानिने रेशम चौधरी नेपाली सेनाका पूर्वसेनापति प्रज्जवल शम्शेर जवराको संरक्षण रहेको खुलासा भएको छ । टीकापुर घटना भएपछि काठमाडौं आइपुगेका चौधरीलाई पूर्वप्रधान सेनापति जवराले संरक्षण दिएर राखेको प्रहरीले अनुमान गरेको छ । जवराले चौधरीलाई धर्म छोराकारुपमा बर्षै पहिलेदेखि संरक्षण गर्दै आएका थिए । टीकापुर घटना भएलगतै फरार रहेका चौधरी जवराको संरक्षणमा बसेको प्रहरी स्रोतले बताएको छ ।

चौधरी थरुहट आन्दोलनका अगुवा हुन् । उनी र थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरीले आन्दोलनको नेतृत्व गरेका थिए । आन्दोलन हुनु पूर्व रेशम चौधरीकै फुलवारी रिसोटमा बसी हत्याकाण्डको योजना बनेको कैलाली प्रहरीले वताउँदै आएको छ । रेशमले टीकापुरमा एक एफएम र रिसोट सञ्चालन गर्दै आएका छन् । उनकै फुलबारी रिसोटमा पूर्व लडाकु, विप्लव माओवादीका नेता बसेर हत्याकाण्डको योजना बनाएको प्रहरीले बताएको छ । हत्याकाण्ड भएपछि उनी हवाई मार्गबाट काठमाडौं आइपुगेका थिए । काठमाडौं आएलगतै उनी लुकेर बसेका छन् । पछिल्लो समय प्रहरीले उनी पूर्व प्रधानसेनापति जवराको संरक्षणमा रहेको आशंका गरेको छ ।

0 comments:

Post a Comment