Tuesday, September 15, 2015

रूपन्देहीमा आन्दोलनकारी र प्रहरीबीचको झडपमा तीनको मृत्यु


रूपन्देही, भदौ २९

रूपन्देहीमा भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपमा तीन जनाको ज्यान गएको छ।
रूपन्देहीको बेथरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपमा परी उनीहरूको मृत्यु भएको हो।
मृत्यु हुनेमा गोनाहा ६ का ३५ वर्षका राजकुमार बराई, ३५ वर्षकै बिन्दु लाकोल र १४ वर्षकी रञ्जना क्षेत्री रहेको स्थानीयबासीले जनाएका छन्।
स्थानीयबासीका अनुसार प्रहरीको गोली लागेर उनीहरूको मृत्यु भएको दाबी गरेका छन्।
यद्यपी प्रहरीले यस घटनाको विषयमा अझै पुष्टि गरेको छैन् ।
भैरहवा लुम्बिनी सडकखण्डको बेथरीमा आन्दोलनकारीले रोकेर राखेका सवारीलाई स्कटिङ गरी सञ्चालन गर्ने तयारी गरिरहेका बेला दुई पक्षबीच झडप भएको थियो।

0 comments:

Post a Comment