Wednesday, September 2, 2015

सलमानले चड्छन् बलीउडमा सबैभन्दा महंगो गाडी


भाद्र १६। बलीउड चलचित्रका सुपरस्टारहरु जसरी आफ्नो दैनिक जीवन यापनलाई स्तरीय बनाउँदै गएका छन् त्यसरी नै उनीहरुले चड्ने गाडीहरु पनि महंगीदै गइरहेका छन् । बलीउड कलाकारहरुको एउटा शोख पनि हो राम्रो गाडी चड्ने जस मध्ये बलीउडमा सर्वाधिक महंगो र राम्रो गाडी चड्नेमा बलीउडस्टार सलमान खान अगाडी देखिएका छन् ।



सलमान खान गाडी भन्दा पनि बाईकको शौखिन हुन् । स्टार भएका कारण सार्वजनिक ठाउॅहरुमा बाइक हाक्न नमिल्ने भएका कारणले गर्दा उनी खासै बाइक चलाउँदैनन् । उनलाई बाईकमा ‘सुजुकी इन्टुडर’ मन पर्छ । यसको मुल्य १६.४५ लाख भारतीय रुपैयाँ पर्ने गर्छ । त्यस्तै सलमानसँग ५ वटा आलिसान कार छन् भने २ वटा महंगा बाइक रहेका छन् । जसमध्ये पहिलो कार सिल्भर रंगको रहेको छ । २.०६ करोडमा सलमानले किनेको यो कार ‘एउडी आरएट’ कम्पनीको हो ।




त्यस्तै अर्को कार सलमानले ७६.४२ लाखमा किनेका थिए । ‘एउटी क्यूसात’ कम्पनीको उक्त कारमा उनी कहिले काहिँ मात्र चड्ने गर्छन । सलमानको अर्को कार ‘ल्याण्ड रोभर रेन्जर रोभर भोग्यू’ कम्पनीको रहेको छ । नियमित रुपमा यस कारमा चड्ने सलमानले २.५१ करोडमा यो कार किनेका थिए । त्यस्तै उनका साथमा अर्को ‘बिएमडब्लू’ कम्पनीको कार पनि छ । १.०५ करोडमा सलमानले यो कार एक बर्ष अगाडी मात्र किनेका थिए । त्यस्तै उनीसँग ‘टोयटा ल्याण्ड’ कम्पनीको कार पनि छ । जसको बजार मुल्य १.१३ करोड रहेको छ ।



यि कारहरु मध्य सलमान विशेषत ‘ल्याण्ड रोभर रेन्जर रोभर भोग्यू’मा चड्ने गर्छन । त्यस्तै उनीसँग अर्को महंगो बाईक पनि छ । सुजुकी कम्पनीको ‘हायाबुसा’ले निकालेको यो बाइक सलमानले १३.७५ लाखमा किनेका थिए । त्यस्तै बलीउडमा सबैभन्दा महंगो र शानदार गाडीमा चड्ने अभिनेता हुन् अजय देवगन । उनी मिनी कोपर कम्पनीको गाडी चड्छन् । जसको बजार मल्य १ करोड भन्दा माथी रहेको छ । त्यस्तै अर्का अभिनेता हुन् सैफ अलि खान ।

उनी टोयटा कम्पनीको शानदार गाडी चड्ने गर्छन । त्यस्तै सैफ अलिपछि क्रमश बलीउडमा सर्वाधिक महंगो र राम्रो गाडी चड्नेमा अमिताभ बच्चन, कंगना रनोट, दिया मर्ज, विपशा बासु, प्रियंका चोपडा, अभिषेक बच्चन, करिना कपुर, सञ्जय दत्त, इमरान खान, शाहिद कपुर, शाहरुख खान, जोन अबराम, कैटरीना कैफ, रितिक रोशन, आमिर खान, रजनीकान्त लगायत रहेका छन् ।


0 comments:

Post a Comment