Wednesday, September 2, 2015

सुनको मूल्य घट्यो


काठमाडौं, भदौ १७ ,
 पछिल्ला दिन उकालो लाग्दै गएको सुनको भाउ बुधबार ओरालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय ५५ रुपैयाँले झरेर ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन तोलाको ५१ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले कमी आएर ६ सय ७५ रुपैयाँमा कारोबार भयो । अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस ११ सय ३८ डलरको हाराहारीमा कारोबार भएको थियो । हेरौ अब आज बिहिबार भाउ घट्नेछ या बढ्नेछ

0 comments:

Post a Comment