सीमा तारातालदेखी दिदीलाई भेट्न सानैदेखी एक्लै आउने जाने गर्थिन् ।
सीमाकी दिदीको घर नजिकै मीना वादीको घर छ । दुवैजना उस्तै उमेरका भएकाले साथी साथीका रुपमा सीमाकी दिदी र मीनाको घरमा आउजाउ चल्न थाल्यो ।
दुवैजना एकदमै मिल्ने साथी बने । जे काम गर्दा पनि सँगै गर्ने, कतै जानु परेपनि सँगै जाने, सँगै सुत्ने गर्दागर्दै उनीहरुबीच प्रेम सम्बन्ध झाँगिँदै गयो । हुन त मीना र सीमा दुवै एउटै लिङ्गीका हुन्, तैपनी माया बढ्दै गएपछि उनीहरु एकअर्काबीच छुट्टिन नसक्ने भए ।
अन्ततः ८ बर्षको प्रमे सम्बन्धलाई उनीहरुले गत फागुनमा सँगै मर्ने अनि सँगै जीउने कसम खाएर विवाहमा परिणत गरे ।
“मायाले एउटै लिङ्गी भनेन, अनि विवाह गर्यौं ।” सीमाले भनिन्– “हामी दुवैजनाले एकअर्कालाई असाध्यै माया गर्छौं, तर घर परिवार र आफन्तलाई भने अझै चित्त बुझेको छैन ।”
उनीहरुको सम्बन्धका बारेमा थाहा पाएपछि, घर परिवारले गाली गरेर घरबाट निकालेपनि आफुहरुले सँगै जीउनले वाचा तोड्न नदिएको मीनाले बताईन् ।
उनीहरु दुवैजना अहिले मीनाको घरमा बसिरहेका छन् । समाज र आफन्तले हेर्ने देृष्टिकोण फरक भएपनि अहिले भने सामान्य लाग्न थालिसकेको उनीहरुको भनाई छ ।
उनीहरुका अनुसार मीना श्रीमान् हुन भने सीमा श्रीमती । केटी भएपनि व्यवहार, कपडा लगाउने स्टाइल, बोल्ने शैली केटाजस्ता भएकोले मीनालाई मन पराएर आफूले श्रीमान् स्वीकारेको सीमाले बताईन् ।
समलिङ्गी विवाह गर्नेमा दुवैजना किशोरी अल्पसंख्यक जातीमा सूचीकृत वादी समुदायका हुन् । तत्कालै बालबच्चा जन्माउने कुनै योजना नभएपनि पछि गएर कृत्रिम गर्भाधान गरेर बालबच्चा जन्माउन सकिने उनीहरुले बताए ।
0 comments:
Post a Comment