Sunday, July 26, 2015

नेपालमा अब विकास बैंक र फाइनान्स नरहने


काठमाडौं, साउन ११ – नेपालमा अब विकास बैंक र फाइनान्स कम्पनी नै नरहने भएका छन् । नेपाल राष्ट्र बैंकले तयार पारेर मन्त्रिपरिषद्मा पेस गरेको वित्तीय क्षेत्र रणनीतिमा अबको ५ वर्षभित्रमा यस्ता बैंक र वित्तीय संस्था मासेर सबै प्रकारको वित्तीय सेवा प्रदान गर्ने बैंक मात्रै अस्तित्वमा राख्ने व्यवस्था गरिएको छ ।
रणनीतिमा अबको पाँच वर्षमा अहिलेको जस्तो सेवा र प्रकृति भएका बैंक र वित्तीय संस्थाको साटो युनिभर्सल बैंकिङ अवधारणामा जाने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता डा. मीनबहादुर श्रेष्ठले जानकारी दिए । यस्तै, अबको दुई वर्षभित्रमा नै वाणिज्य बैंकहरुको संख्या बढीमा १५ मा झार्ने राष्ट्र बैंकको योजना छ । आजको राजधानी दैनिकमा खबर छ ।

0 comments:

Post a Comment