राम्रा चलचत्रिको विश्वभर नै चर्चा र प्रशंसा हुन्छ। तर यहाँ नराम्रा चलचित्रको चर्चा गरिँदैछ। विभिन्न सञ्चारमाध्यम तथा समीक्षकहरूले नराम्रा चलचित्रको पनि सूची निकालेका छन्। चलचित्र, एल्बम तथा गेम समीक्षा गर्ने वेबसाइट मेटाक्रिटिक, रोटन टोमाटोज, समीक्षाहरूको संकलन लिओनार्ड माल्टिन्स मुभी गाइड, हलिउड चलचित्र समीक्षक रोजर इबर्टको समीक्षा तथा खराब चलचित्रलाई दिइने अवार्ड गोल्डेन रेस्पबेरीमा सहभागी चलचित्रलाई आधार मानेर यस्तो सूची तयार गरिएको हो। यस्ता चलचित्र बनाएर निर्माताले दर्शकमाथि अत्याचार गरिएको टिप्पणीसमेत गरिएको थियो। यो सूचीमा परेका २०१० पछिका आठ चलचित्रमा दुईवटा हिन्दी चलचित्र पनि परेका छन्। खराब अंग्रेजी चलचित्रमा सन् १०१० को द लास्ट एयरबेन्डर, २०११ को ज्याक एन्ड जिल, २०१२ का द्याट्स माई ब्वाई र रन फर योर वाइफ, २०१३ को मुभी ४३ र २०१५ को युनाइटेड प्यासन्स छन्। सूचीमा रहेको हिन्दी चलचित्रमा प्रख्यात निर्माता निर्देशक राम गोपाल बर्माको चलचित्र 'आग' पनि एक हो। यो सन् २००८ मा नै बनेको थियो । यो चलचित्र सन् १९७५ मा बनेको चर्चित चलचित्र 'सोले' को रिमेक थियो। यो चलचित्रको बारेमा सोलेका अभिनेता अमिताभ बच्चनले यसको रिमेक बनाउनु नै निर्माताको सबैभन्दा ठूलो गल्ती भएको बताएका थिए। यस्तै चलचित्र 'हम सकल्स' पनि झुर चलचित्रको सूचीमा रहेको छ। सादिज खानको निर्देशनमा बनेको यो चलचित्रमा बलिउडका चर्चित कलाकाररू सैफअलि खान, रितेश देशमुख, राम कपुर, विपाशा बसु, तमन्ना भाटिया, ईशा गुप्तालगायतको अभिनय थियो। चर्चित ब्यानरका बाहेक ‘मछली जलकी रानी है’ नामक हिन्दी चलचित्रलाई पनि सबैभन्दा खराब चलचित्रको रूपमा चिनाइएको छ। -एजेन्सी
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: enterintment
0 comments:
Post a Comment