Friday, July 24, 2015

नरेन्द्र मोदीमाथि मानव बम आक्रमण हुनसक्ने


नयाँदिल्ली, साउन ९ – भारतीय गुप्तचर संस्थाले प्रधानमन्त्री नरेन्द्र मोदीको देशको पूर्वी राज्य विहारमा यसै हप्ताको अन्त्यमा हुन लागेको भ्रमणमा मानव बम आक्रमण हुनसक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री मोदीमाथि सन् १९९१ मा तत्कालीन भारतीय प्रधानमन्त्री तथा भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राजीव गान्धीमाथि भए जस्तै मानव बम आक्रमण हुनसक्ने सूचनाहरु उनीहरुले पाएको विभिन्न गुप्तचर संस्थाले जनाएको यहाँका सञ्चारमाध्यमबाट प्रसारित खबरमा आएको छ । प्रधानमन्त्री मोदी शनिबार विहारको राजधानी पटना जाने कार्यक्रम छ । उनले विहार भ्रमणको सिलसिलामा विहार प्रदेशको एक जिल्ला मुजफ्फरपुरमा हुने एक सभालाई सम्बोधन गर्नेछन् । गुप्तचर संस्था ‘इन्टिलिजेन्स ब्युरो’ ९आईबी०ले राज्य सरकार तथा मोदीको “सुरक्षार्थ तैनाथ गरिने विशेष सुरक्षा समूहलाई प्रधानमन्त्री मौदीविरुद्ध हुनसक्ने बम आक्रमणका विरुद्ध उच्च सतर्कता अपनाउन भनेको” इन्डो¬–एसियाली समाचारले उच्च प्रहरी अधिकारीको भनाई उद्धृत गर्दै जनाएको छ । प्रहरी अधिकारीलाई उद्धृत गर्दै थप भनिएको छ, “मोदीमाथि हुनसक्ने आक्रमणमा उच्च तालिम प्राप्त महिला माओवादी सदस्यहरुलाई उपयोग गरिने गुप्तचर संस्थाहरुबाट जनाइएको छ ।” गुप्तचर संस्थाको प्रतिवेदनमा भनिएको छ, आत्मघाती बम विस्फोटकर्ता पत्रकार, प्रहरी अधिकारी, विद्युतबेत्ता, आयोजक, खानपान प्रबन्धक र कामदारजस्ता रुपमा मोदी नजिक पुग्ने प्रयास गर्नसक्ने पनि अधिकारीले जनाएका छन् । यसअघि, चुनावी भ्रमणको सिलसिलामा प्रधानमन्त्री मोदीमाथि पटनाको मध्य भूभाग गान्धी मैदानमा सन् २०१३ को अक्टुबर २७ तारिखमा उहाँमाथि लक्षित गर्दै एक पछि अर्को बम आक्रमण हुँदा पाँच नागरिकको मृत्यु भएको थियो भने करिब एक सय जना घाइते भएका थिए । आक्रमणमा भारतीय वामपन्थी नक्सलवादी विद्रोहीको प्रयोग हुनेसमेत जनाइएको छ । नक्सलवादीहरुको भारतको विहार प्रान्तमा उच्च प्रभाव रहेको छ ।

0 comments:

Post a Comment