बलिउडको साथै विश्वमै राम्रो व्यापार गरिरहेको बजरंगी भाइजानकै निर्देशक कबीरको निर्देशनमा तयार भएको फिल्म ‘फ्यान्टम’ को पहिलो पोस्टर सार्वजनिक भएको छ। कबीर खानले यो पोस्टर आफ्नो ट्वीटर एकाउन्टमा सेयर गरेका थिए। यो फिल्माका दुई पोस्टर सार्वजनिक भएका छन्। एउटा पोस्टरमा कट्रिना कैफ घाइते छिन् अनि उनको आखामा पट्टी बाँधिएको छ। सेफ अलि खान पनि आँखामा पट्टी बाँधिएकै अवस्थामा पोस्टरमा देखिन्छन्। स्पाई-थ्रिलर, एक्सन फिल्म ‘फ्यान्टम’मा सेफ अलि खान एक जासुसको भुमिकामा देखिने छन्। क्याट्रिना कैफ एक फोटो पत्रकार हुनेछिन्। रेस-२ पछि क्याट्रिना र सेफको यो दोस्रो फिल्म हो जहाँ उनीहरुलाई एउटै पर्दामा देख्न सकिन्छ। आउदो अगस्ट २८ मा यो फिल्म रिलिज हुनेछ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment