Thursday, July 23, 2015

गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु


पथरी (मोरङ), ८ साउन । मोरङको राजघाट–आमबाडीको सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राजघाट–आमबाडी सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको चारजना चढेको को१८प ४८७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २२ वर्षीय दीपक बाँतरको उपचारका क्रममा विराट नर्सिङहोममा मृत्यु भएको हो । सो दुर्घटनामा घाइते भएका उर्लावारी–४ का २२ वर्षीय राजु खड्का, राजघाट–८ का २३ वर्षीय निर्मल बाँतर, २२ वर्षीय अजित पाण्डेको स्थानीय अरनिको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

0 comments:

Post a Comment