Tuesday, July 7, 2015

सलमानको 'बजरंगी भाइजान' रोक्न उजुरी


सलमान खानको इदमा रिलिज हुन लागेको कबिर खान निर्देशित 'बजंरगी भाइजान' फिल्म रोक्न इलाहाबाद हाइकोर्टमा याचिका दायर गरिएको छ। चित्रकुटका एक सामाजिक कार्यकर्ता अनिल प्रधानले दायर गरेको याचिकामा फिल्ममा बहुसंख्यक समुदायको धार्मिक भावनामा चोट पुर्‍याउन सक्ने जिकिर गरिएको छ।
फिल्ममा पाकिस्तानबाट आइ भारतीय सिमामा अलपत्र परेकी एक बालिकाको कथा रहेको छ। याचिकामा भारतको सूचना एवम् प्रसारण मन्त्रालय, फिल्मका निर्माता यसराज फिल्मस तथा फिल्म सम्बद्द अन्य केहीलाई विपक्षी बनाइएको छ। याचिकामाथि यसे साता सुनुवाइ हुने सम्भावना रहेको छ।

0 comments:

Post a Comment