नेपाल एयरपोर्टमा समातिएका मेमनलाई १ हप्तापछि मृत्युदण्ड दिइदै काठमाडौं- जुलाई ३० - बिहान ७:०० बजे अर्थात् अबको ठिक ८ दिनपछि उनलाई फाँसीमा झुन्ड्याउन भारत, महाराष्ट्र राज्यसरकारले तोकेको मृत्युको ‘डेटलाइन’ हो यो। २२ वर्षअघि भारत, मुम्बईमा भएका शृंखलाबद्ध बम हमलाका योजनाकार मानिएका याकुब मेमनलाई अदालतले सन् २००७ मै मृत्युदण्ड सुनायो। घटनाको एक वर्षपछि पाकिस्तानबाट काठमाडौं आएका उनी त्रिभुवन विमानस्थलमा पक्राउ परे पनि भारतीय अधिकारीले उनी मुम्बई रेलवे स्टेसनबाटै पक्राउ परेको अदालतमा दाबी गरेका थिए।
याकुबले आफू काठमाडौंबाट पक्राउ परेको बताउँदा पनि कसैले पत्याएनन्। अदालतको मृत्युदण्ड सजायविरुद्ध उनी राष्ट्रपति कार्यालय गए, अपिल गरे तर सुनुवाइ भएन। त्यसपछि सर्वोच्च आफू आत्मसमर्पणकै लागि काठमाडौं हुँदै भारत आउन लागेको र काठमाडौंमै पक्राउ गरेको दाबी गर्दैै याकुबले मृत्युदण्ड सजाय खारेज गरेर जन्मकैद सुनाउन माग गरे अदालतसँग।
अन्ततः सर्वोच्चले पनि उनको कुरा पत्याएन र मंगलबार निवेदन खारेज गर्यो। अन्ततः मृत्युदण्ड अवश्यम्भावी बन्यो। वास्तवमा उनी काठमाडौंमै पक्राउ परेका थिए र पछि भारत पुर्याखइएका थिए। नागरिक दैनिकमा समाचार छ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment