एकनेपा माओवादीका पोलिटव्युरो सदस्य लेखराज भट्टले पार्टीबाट राजिनामा नदिएको स्पष्ट पारेका छन्। उनले राजिनामाको कुरा पार्टी भित्रकै केही व्यक्तिले चलाएको भ्रामक र नियोजित हल्ला भएको स्पष्ट पारे। उनले हालसम्म पार्टीबाट राजिनामा नदिएको तर पार्टी नसच्चिए राजिनामा दिन सक्ने बताए। नेता भट्टले माओवादी पार्टी विसर्जनको बाटोमा लागेको, नेताहरु देश,जनता र पार्टीभन्दा व्यक्तिमुखी भएको, बिकृति र बिसंगतीको दलदलमा भासिएको बताए। उनले सुदूरपश्चिमका नौ जिल्ला र मध्यपश्चिमको हुम्लालाई समेटेर १० जिल्लाको एउटा प्रदेश बनाउन सुझाव दिए। सरकारले पछिल्लो पटकको बजेटले पनि सुदूरपश्चिमवासीलाई खासै सम्बोधन नगरेको बताउँदै नेता भट्टले सिंचाईका लागि भने पर्याप्त बजेट छुट्याएको बताए। अर्को एक प्रसङ्गमा नेता भट्टले भारत र चीनले लिपुलेकको विषयमा सम्झौता गरेर नेपालको राष्ट्रियतामाथि आक्रमण गरेको बताएका छन्। कैलालीको अत्तरीयास्थित निवासमा आज पत्रकारहरुसंगको भेटमा पूर्वमन्त्री भट्टले नेपाली भूमी लिपुलेकलाई लिएर भारत र चीनबीच भएको सम्झौताले नेपालको सार्वभौमिकता र स्वाभिमानमाथि आक्रमण गरेको बताए। लिपुलेक विबाद समाधानका लागि चिन र भारतसंग कुटनीतिक पहल गरिनु पर्ने बताएका माओवादी नेता भट्टले संवादबाट समाधान नभए अन्तर्राष्ट्रिय अदालतमा जानु पर्ने बताए। नेपाल बन्द र सीमामा भारतका विरुद्ध चर्का नारा लगाएर सीमामा नेपाली जनता कुटाउने काम गर्न नहुने उनको भनाई थियो।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment