Wednesday, September 30, 2015
Saturday, September 26, 2015
नेपालगंजमा भयो झड़प ५ प्रहरी घाइते
नेपालगजको जमुनाह नाकामा प्रर्दशनकारी र प्रहरीबीच झडप हुुँदा पाँच प्रहरीसहित दर्जन घाइते भएका छन् । मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सिमा नाकामा भएको झड्प नेपाल प्रहरीका पाँच जना सहित दर्जन आन्दोलनकारी घाईते भएका हुन् । नाका बन्द गर्ने क्रममा प्रहरीले मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिन खोज्दा आन्दोलनकारीले ढुङ्गामुढा गरेपछि झडप भएको हो । प्रदर्शकारीको ढुंगा लागि नेपाल प्रहरीका सई देवीलाल घर्ती, हवल्दार सुरेश बस्याल, प्रहरी जवान कमल बिक, कमल खनाल घाइते हुनुभएको छ । यस्तै प्रदर्शनकारी तर्फ जग्दिशबहादुर सिंह, बद्रु जुजा खाँ, अमृतलाल कुर्मी, सामसिंह सोनी, ममता वानियालगायत घाइते हुनुभएको छ । ममताको वाँया खुट्टामा गम्भीर चोट लागेको छ । उहाँको नेपालगञ्ज नर्सिङ होममा उपचार भईरहको बताईएको छ । सिमा नाका जमुनाहामा दुबै तर्फ भारतिय र नेपाल प्रहरी ठूलो सङ्ख्यामा परिचालन गरिएको छ ।
मलेसियामा ६ नेपालीको बेहाल
क्वालालम्पुर: ओखलढुंगाका वीर सिंह तामाङलाई मलेसिया आउँदा राम्रै कमाइ हुन्छ भन्ने लागेको थियो। तामाङ १७ महिनाअघि एक कन्स्ट्रक्सन कम्पनीमा कामदार बन्न एक लाख ६५ हजार तिरेर मलेसिया आएका थिए।
उनी अहिले कमाइ गर्नुको साटो समस्यामा परेका छन्। काठमाडौं बुद्धनगरस्थित राज ओभरसिजबाट मलेसिया आएका उनी अहिले तनावमा छन्।तामाङमात्र होइन, उनीसँगै रोजगारीका लागि आएका ६ नेपाली बिहीबार मलेसियास्थित नेपाली दूतावासमा ६ महिनासम्म काम गरेको तलब नपाएको भन्दै गुनासो गरिरहेका थिए।
मलेसियाको क्वालालम्पुरमा रहेको बेगाम कन्स्ट्रक्सनले काम गरेको ६ महिनाको तलब नदिएको भन्दै उनीहरू दूतावासको शरणमा आएका हुन्। तामाङसँगै ओखलढुंगाका हस्तबहादुर तामाङ, खोटाङका कुमार खड्का, गोविन्द आचार्य, इन्द्रबहादुर भुजेल र धनकुटाका ताराबहादुर बुढाथोकी समस्यामा परेको भन्दै दूतावास आइपुगेका हुन्।
काठमाडौं बुद्धनगरस्थित राज ओभरसिजबाट मलेसिया आएका ६ जनालाई ६ महिनादेखि कम्पनीले काम गरेको तलब दिएको छैन।
कन्स्ट्रक्सन कम्पनीले १७ महिनामध्ये पछिल्लो ६ महिनाको तलब नदिएको खोटाङका गोविन्द आचार्यले बताए। 'तलब नपाउँदा समस्यामा परेका छौं, खान पनि साथीहरूसँग माग्नुपरेको छ', आचार्यले अन्नपूर्णसँग भने। समस्यामा परेका पीडितले मलेसियामा नै मर्नुपर्ने बाध्यता आएको बताए। दूतावासमा पुगेका उनीहरूले समस्या समाधान गरिदिन आग्रह गरेका छन्।
खाना खान भन्दै कम्पनीले दिएको दुई सय रिंगेट सकिएको र पछिल्लो समय काममा जान छोडेको पीडितले बताए। 'तलब माग्दा पछि दिने भन्दै टार्छन्, खाना नै नखाई कसरी काम गर्ने?', खोटाङका इन्द्र भुजेलले भने। भुजेलका अनुसार कम्पनीले अन्य देशका कामदारलाई तलब दिए पनि ६ नेपालीलाई दिएको छैन।
मलेसियामा राम्रो कमाइ हुने भन्दै राज ओभरसिजका निर्देशक पूर्ण राईले त्यो बेला आश्वासन दिए पनि अहिले तलब नै नपाएको पीडित बताउँछन्। पीडितका अनुसार म्यानपावरमा पटकपटक फोन गर्दा समस्या समाधान हुन सकेन।
अहिले म्यानपावरले फोन नै उठाउन छोडको पीडित हस्तबहादुर तामाङले बताए।नेपाली दूतावास मलेसियाले भने पीडितको विषयमा कम्पनीसँग कुरा गरेर समस्या समाधानका लागि पहल गर्ने बताएको छ।
मेलेसियामा राम्रो कमाइ हुने भन्दै पछिल्लो समय धेरै युवा आए पनि कम्पनीबारे प्रस्ट जानकारी नहुँदा नेपाली श्रमिक समस्यामा पर्दै आएका छन्। कामदार पठाउने नेपाली म्यानपावर कम्पनीले श्रमिकलाई दोहोरो कागजात दिने गरेकाले पनि उनीहरू समस्यामा पर्दै आएका हुन्।

Friday, September 25, 2015
भारतका प्रहरीले गर्यो निगमका ड्राइभरमाथि कुटपिट पेट्रोलिय पदार्थको आपूर्ति ठप्प,
काठमाडौं- नेपाललाई पेट्रोलियम पदार्थ बिक्रीको एकाधिकार प्राप्त इन्डियन आयल कर्पोरेसन (आइओसी)ले राजनीतिक तहमा समस्या समाधान गरेपछि मात्र नेपाल आयल निगमलाई आपूर्ति गर्ने जानकारी गराएको छ।
भारतले नेपालतर्फ अस्थिरता भएका कारण सामग्री आपूर्ति गर्न नसकेको भने पनि यथार्थमा नाकाबन्दी लगाइसकेको छ। 'माथिबाटै कुरा गरेर आउनु होला,' इन्डियन आयल कर्पोरेसनका पदाधिकारीलाई उदृत गर्दै नेपाल आयल निगमका एक उच्च पदस्त अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा नागरिकन्युजलाई भने, 'हामीलाई तेल दिएकै छैन।'
'हामीले हाम्रा खाली ट्यांकरसमेत पारि (भारत)बाट नेपालमा सुरक्षित ढंगले ल्याउन पाएका छैनौं,' निगम स्रोतले भन्यो, 'हाम्रा ड्राइभरहरूको जीवनकै असुरक्षा भइरहेको छ। भारतीय प्रहरीले उनीहरूमाथि कुटपिट गरेका छन्।'
भारत सरकारकै कम्पनी इन्डियन आयल कर्पोरेसनले राजनीतिक तहमा समस्या समाधान गरेर मात्र तेल दिन सकिने भनेपछि तेल आपूर्ति पूर्णतः ठप्प भएको छ। भारतलाई नेपालकै कारणले रोक लगाएको हो भन्न सजिलो हुनेगरी नाकामा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ता बसेका छन्।
'आज सबै नाका बन्द छन्, तेलको आपूर्ति पनि ठप्प छ,' ती अधिकारीले भने।
पञ्चायतका बेलासम्म नेपालले तेस्रो विश्वका मुलुकबाट कच्चा तेल किनेर आइओसीलाई प्रसोधन गर्न दिने गरेको थियो। मुलुकमा प्रजातन्त्र आएपछिका सरकारहरूले आफैं कच्चा पदार्थ नकिनी पूरै आइओसीमा निर्भर हुन थाले।
नेपालले आइओसीबाहेक अर्को कम्पनीबाट तेल किन्न नपाइने गरी सम्झौता भएको तीन वर्ष भइसकेको छ। अझ पछिल्लोपटक तेल पाइपलाइनसम्बन्धी सम्झौता अनुसार आगामी २० वर्षसम्म नेपालले तेस्रो पक्षबाट तेल किन्न नपाउने सम्झौता समेत गरिसकेको छ।
दुई सरकारबीचको सम्झौताअनुसार भइरहेको तेलको कारोबारमा नाकाबन्दी गरेको नभनी भारतीय पक्षले विभिन्न बहानाबाजी बनाएको छ। कहिले कागज मिलेन, कहिले इन्टरनेट डाउन भएकोजस्तो बहाना बनाउँदै आएको थियो।
'हामीलाई त्यहाँ फसेका खाली गाडी र ड्राइभरहरूलाई कसरी रेस्क्यु गर्ने भन्ने समस्या भएको छ,' निगमका ती अधिकारीले भने।
Thursday, September 24, 2015
मोर्चाका कार्यकर्तालाई भन्सारबाट हटाउँदा गोली चल्यो
झडपले वीरगञ्जको दशगजा क्षेत्र तनावग्रस्त
वीरगन्ज : नेपाल–भारतको दशगजा क्षेत्रमा धर्ना बसेर नाका ठप्प पारेका मधेसी दलका नेता कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर हटाएको छ ।
वीरगन्ज–रक्सौलबीचमा रहेको मितेरी पुलस्थित दशगजा क्षेत्रमा बिहीबार बिहान १० बजेदेखि धर्ना बसी नाका ठप्प पारेका मधेसी दलका नेता कार्यकर्तालाई प्रहरीले दिउँसो २ बजे बल प्रयोग गरेर तितरबितर पारेको हो ।
मितेरी पुलको दशगजा क्षेत्रमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय समावेशी मधेसी मोर्चाका नेता कार्यकर्ताहरुले छुटटाछुटटै धर्ना दिइ नाका ठप्प पारेका थिए ।
धर्नामा बसेकालाई प्रहरीले शुरुमा उठन आग्रह गरेको थियो । तर, उनीहरुले नमानेपछि प्रहरीले भ्यानमा हाल्न खोज्दा झडप शुरु भएको थियो ।
झडपका क्रममा प्रहरीले एक राउण्ड हवाइ फायर र चार राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।
प्रदर्शनकारीहरुले ढुंगामुढा प्रहार गरेपछि हवाइ फायर र अश्रुग्यास प्रहार गर्नुपरेको पर्साका प्रहरी नायव उपरीक्षक होमेन्द्र बोगटीले बताए ।
प्रहरीले धर्नामा बल प्रयोग गरेर हस्तक्षेप गरेपछि मधेसी दलका नेता कार्यकर्ताहरु तितरबतिर भएका छन् ।
करिब पाँचको संख्यामा रहेका प्रदर्शनकारी अहिले भारततर्फको पुल क्षेत्रतिर छन् भने प्रहरी नेपाल तर्फको पुल क्षेत्रमा छन् ।
पुल पारीको भारतीय भन्सारक्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबी पनि ठूलो संख्यामा परिचालन भएको छ ।
दशगजा क्षेत्र अहिले पनि तनावग्रस्त छ । दुवै मोर्चाले वीरगन्ज–रक्सौल नाकामा रहेको मितेरी पुलस्थित दशगजाक्षेत्रमा बिहीबार बिहान १० बजे देखि धर्ना दिएर नाका ठप्प पारेका थिए ।
बुधबार सप्तरीको राजविराजमा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले आमहड्ताल जारी राख्ने निर्णय गरेको थियो ।
बैठकले नेपाल भारतको नाका ठप्प पार्ने निर्णय गरेअनुसार बिहानदेखि मधेसी दलका नेता कार्यकर्ताहरुले वीरगन्ज–रक्सौल नाकाको दशगजा क्षेत्रमा धर्ना दिएर नाका ठप्प पारेका हुन् ।
यस्तो छ ‘डर्टी पिक्चर्स’ की पात्रको दुखद कथा फिल्म डुबेपछि आत्महत्या गरिन्
मुम्बई । वर्ष २०११ मा विद्या वालान अभिनित चलचित्र ‘द डर्टी पिक्चर’ ले बलिउडमा ब्यापक सफलता पायो । फिल्मले केबल बक्स अफिसमा कमाल मात्रै गरेन । विद्याको करिअर पनि उचो बनाईदियो । यो फिल्म यति सफल हुनुको कारण केबल विषयबस्तु राम्रो भएर मात्रै होइन । यो फिल्म एउटा यस्तो पात्रमाथि बनाइएको छ । जो, कुनैवेला दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित पात्र थिईन् । र उनी कुनै समय हरेक फिल्मका लागि अनिवार्य मानिन्थिन् । उनको नाम हो सिल्क स्मिता । डर्टी पिक्चर्सको कहानी सिल्क स्मिताकै जिवनकथा थियो ।
गरीबिले चार कक्षामै स्कुल बन्द
८० को दशकमा दक्षिण भारतमा सिल्क स्मिताको जादु यस्तो चल्यो । उनलाई नचिन्ने कोही भएन । सन १९६० मा आन्ध्र प्रदेशको राजमुन्दरीको एल्लुरुमा उनको जन्म भएको थियो । उनको सानो वेलाको नाम विजयालक्ष्मी थियो । उनको परिवार यति गरीब थियो । पढाउनका लागि उनलाई सरकारी विद्यालय पठाउने सामथ्र्य थिएन ।
जसो तसो चार कक्षासम्म पढेकी विजयालक्ष्मी त्यसपछि स्कुल जान छाडिन् । स्कुल जान छाडेपछि उनले फिल्ममा मेकअपको काम गर्न थालिन् । हिरोइनलाई सिंगार्ने क्रममै उनको अन्तरमनले हिरोइन हुने सपना देख्न थालिसकेको थियो ।
पहिलो ब्रेक बबाल
सन १९७८ मा कन्नड फिल्म ‘बेदी’ मा पहिलो पटक काम गर्ने अवसर पाईन् । उनलाई सफलता दिलाउन भने चलचित्र ‘वाडीचक्रम’ ले भुमिका खेलेको थियो । यस चलचित्रमा उनले स्मिताको भुमिका निर्वाह गरेकी थिईन् । जसलाई दर्शकले निकै मन पराए ।
त्यही बेला उनले मद्रासी चोलीको फेशन पनि सुरु गरिन् । बजारमा आफ्नो चर्चा बढ्दै गएको थाह पाएपछि उनले नाम सिल्क स्मिता राखिन् । सन १९८३ मा उनले ‘सिल्क सिल्क सिल्क’ नाम गरेको फिल्ममा समेत अभिनय गरेकी थिईन् ।
पैसाको लागि दिनमा तीन सिफ्ट
जब फिल्म उद्योगमा सिल्कको जादु चल्न सुरु भयो, उनका प्रसंसक यति धेरै भए कि हरेक निर्देशक आफ्नो फिल्ममा एउटा मात्रै भए पनि स्मिताको गीत राख्नै चाहन्थे ।
यसको असर सिल्कको जीवनमा यस्तो पर्यो उनी दिनमा तीन सिफ्टमा काम गर्न वाध्य भईन् । तत्कालिन समयमा उनी एउटा गीतमा नाचे वापत ५० हजार पारिश्रमिक लिने गर्थिन ।
दक्षिणका सुपरस्टार शिवाजी गणेशन, रजनीकान्त, कमल हसन, चीरंजीवी लगायतका नायक आफुले अभिनय गरेको फिल्ममा एउटै भएपनि सिल्क स्मिताको गीत होस् भन्ठान्थे । १७ वर्षमा उनले ४५० भन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् ।
बलिउडमा प्रवेश
सिल्कको प्रभाव बलिउडमा पनि राम्रै थियो । जीतेन्द्र- श्रीदेवी, जीतेन्द्र-जयप्रदाको जोडि जमेको वेला प्रवेश गरेकी सिल्कले जीत हमारी नाम गरेको फिल्मवाट बलिउड प्रवेश गरेकी थिईन् ।
ताकतवाला, पाताल भैरवी, तुफान रानी, कनवरलाल, इज्जत आबरु लगायतका फिल्ममा अभिनय गरेकी थिईन् ।
करोडौ घाटा
फिल्ममा अभिनय गरेर राम्रै आम्दानी गरेकी थिईन् सिल्कले । त्यहि वेला उनका एकजना मित्रले फिल्ममा लगानी गरेर धेरै पैसा कमाउने सल्लाह दिए । सल्लाह अनुसार नै उनले फिल्म बनाईन् । दुईटा फिल्मवाट दुई करोड गुमाएकी सिल्कले अर्को पनि फिल्म बनाउने मुख्र्याई गरिन् । तर, तेस्रो फिल्म पुरा गर्ने सामथ्य रहेन । फिल्मवाट भएको आर्थिक घाटाले उनलाई आर्थिक सामाजिक रुपमा तहस नहस पार्यो ।
२३ सेप्टेम्बर सन १९९६ मा पंखामा झुण्डिएको अवस्थामा उनको शब भेटिएको थियो । उनको मृत्युको खबरले दक्षिण भारतको फिल्म उद्योगमा ठुलै हल्लीखल्ली भएको थियो । प्रहरीले आत्महत्या भने पनि कतिपय दर्शकहरु विश्वास गर्न तयार भएनन् । सिल्कको आत्महत्या नभएर हत्यो हो भन्नेहरु अहिले पनि छन् ।