Tuesday, July 7, 2015

नेपाली क्रिकेट टिमलाई मालिन्डो एयरको साथ


काठमाडौं, असार २२ – नेपालका भूकम्प पिडितको सहयोगार्थ मलेसियाको क्वालालम्पूरमा आयोजना हुने च्यारिटी म्याचका लागि मालिन्डो एयरलाईन्सले नेपाली टिमलाई प्रायोजन गर्ने भएको छ । प्रायोजन सम्झौतापछि नेपाली टोली मालिन्डो एयरमार्फत मलेसियामा खेल्नका लागि जानेछ ।

आगामी अगस्टमा ‘ब्याट फर नेपाल’ नाम दिइएको म्याच नेपाल क्रिकेट संघ र मलेसिया क्रिकेट संघको संयुक्त आयोजनामा क्वाललम्पूरस्थित किन्नरा ओभलमा सञ्चालन हुनेछ ।
खेलमा नेपालले विश्व एघारको सामना गर्नेछ । प्रतियोगिताको टिकट क्वालालम्पुरमै बिक्री हुनेछ ।
टिकट बिक्रीमार्फत प्राप्त भएको रकम भने साझै प्रधानमन्त्री राहत कोषमा जम्मा हुने नेपाल क्रिकेट संघले जनाएको छ । प्रतियोगिता नेपालका भूकम्प पिडितलाई च्यारिटीमार्फत रकम उपलब्ध गराउने उद्देश्यका साथ आयोजना गरिएको खेलका लागि प्रायोजना गर्न पाउनु खुसीको विषय रहेको मालिन्डो एयरका सिईओ चन्द्रन रामा मुथईले जनाएका छन् ।
मालिन्डो एयरले काठमाडौँदेखी क्वालालम्पूरसम्म प्रत्येक साता १४ वटा उडान भर्दै आएको छ ।

0 comments:

Post a Comment