काठमाडौं, असार २२ – ट्वेन्टी–ट्वेन्टी विश्वकपको छनौट प्रतियोगिता अघिको दोस्रो अभ्यास खेलमा नेपाल युएईसँग २० रनले पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल डकवर्थ लुइस नियमका आधारमा २० रनले पराजित भएको हो ।
नेपालले दिएको १८ ओभरमा ८५ रन बनाउनुपर्ने लक्ष्य पछ्याएको युएइले १४ ओभरमा २ विकेट गुमाएर ८१ रन बनाएको अवस्थामा फेरि पानी परेपछि युएई २० रनले विजयी भएको हो । युएईका फैजन आसिफले २४, अमजद अलीले २३, उमेर अलीले नटआउट १६ तथा मोहमद सहजादले १३ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा ७ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । नेपालका शरद भेशवाकरले नटआउट ३८ रन बनाए । ज्ञानेन्द्र मल्ल र प्रदीप ऐरीले १३ ÷१३ रन बनाए ।
सोमपाल कामीले नटआउट ७, कप्तान पारस खड्काले ५ तथा सागर पुन, राजेश पुलामी मगर र सुवास खकुरेलले एक एक रन बनाए भने विनोद भण्डारी रनको खाता नै खोल्न सकेनन् । युएईका मन्जुल गुरुगेले तीन विकेट लिए ।
0 comments:
Post a Comment