‘तिमि छौ...’, ‘सोह्र शृंगार..’ लगायतका लोकप्रिय गीत गाएर पछिल्लो समयमा युवा पुस्ता माझ निकै चर्चित बन्दै गएकी गायिका आकांक्षा बश्यालको ‘नबोलु त...’ बोल रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गीतलाई यादव खरेलले शब्द रचना गरेका छन् भने बिजु बज्रले संगीत दिएका छन् ।
सेनोरिटा इन्टरटेन्टमेन्टले अडियो गरेको उक्त गीतलाई नबिन के. श्रेष्ठले निर्देशन गरि भिडियोमा उतारेका छन् । नायिका मोनिका दाहालको ग्ल्यामरस प्रस्तुति रहेको उक्त म्युजिक भिडियोलाई निर्देशक स्वयं नबिन के. श्रेष्ठले खिचेका हुन् ।
मोनिकालाई भिडियोमा मोडल सुरेन्द्र मानन्धरले साथ दिएका छन् । भिडियोको सम्पादन थुप्रा म्युजिक भिडियो सम्पादन गरिसकेका सम्पादक टेकेन्द्र शाहले गरेका छन ।
0 comments:
Post a Comment